Loading... आजः आइतवार, कार्तिक ९, २०७७

काँग्रेस गाउँ कमिटी सभापति सहित दर्जन कार्यकर्ता वामगठवन्धनमा प्रवेश

जाजरकोट, कात्तिक २९  । आउँदो मंसिर १० गते हुने चुनावका लागि जाजरकोटमा क्रियाशिल विभिन्न दलका नेता तथा कार्यकर्ता धमाधम वाम गठबन्धनमा प्रबेश गरेका छन् ।

भेरी नगरपालिका वाड नम्बर २ पाेखरामा भएकाे चुनावि सभावाट नेपालि काङ्ग्रेस का दर्जन कार्यकर्ता वामगठवन्धनमा प्रवेश गरेका हुन् । वडा २ का  नेपालि काँग्रेस गाउँ कमिटी सभापति नेप बहादुर नेपाली, तरुणदल गाउँ कमिटी अध्यक्ष निखिल बुढा लगायत एक दर्जन कार्यकर्ता बाम गठबंधनमा प्रवेश गरेकाे बाम गठबन्धनकाे सचिवालयले जनाएको छ ।

जाजरकोट अनि समग्र देशकाे विकास वामगठबन्धनले मात्रै गर्न सक्ने भन्दै काङ्ग्रेस छाडेर अाएकाे बामगठबन्धनका नव प्रबेशीहरूले बताए ।


ताजा समाचार