यु १९ एसियन कपमा मलेसियाले दियो नेपाललाई ४६ रनको लक्ष्य
कात्तिक २६, काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेकोे छ । टस हारेर पहिले ब्याटिङ गरेको मलेसिियाले २४ ओभरमा छाेट्याइएकाे खेलमा पुरै विकेट गुमाएर ४५ रन बनाएको हो ।
मलेसियालाई झिनाे रनमा राेक्ने क्रममा सन्दिप लामिछानेले ५ विकेट र दिपेन्द्र सिंह ऐरी र सहाब अलामले २/२ विकेट लिए ।
केहिबेरमा नेपालले ब्याटिङ शुरू गर्नेछ ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले अाइतबार भएको खेलमा भारतलाई १९ रनले पराजित भएको थियो ।