Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

जनताको माग सम्बोधन गरिन्छ : नगर प्रमुख घर्ती 

जाजरकोट । भेरि नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जनताको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन । सोमबार प्रत्रकार समेलन गरि नगरपालिकाबाट प्रबाह गरिने सेवा र काम कार्बाहीमा जनचाहाना अनुसार सम्बोधन गरिने प्रतिबद्धता गरेकाहुन ।

गत भदौमा नगरपालिकाको बिषेश सभाबाट सर्बसहमतिमा एकिकृत सम्पती करलाई कार्यन्वयन गरेको बिषयलाई लिएर नगरका केही ब्यक्तिहरुले असन्तुसष्टि देखायकोले उत्त बिषयलाइ बिशेष नगर सभा बोलाई जनप्रतिनीधि मार्फत सम्बोधनको पहल गर्ने घर्तीले बताए ।

पत्रकार समेलनमा नगरपालिका बाट आगामी दिनमा हुने बिकास निर्माणका काम प्रति हुने पारदर्शी, भ्रष्टचार शुन्य सहनसिलता भएको र कुनै कमि कमजोरी भए खबदारि गर्नसमेत आग्रह गरे । हाल नगरपालिका बाट हुने सेवा तथा सुबिधाहरु जनताले सहज रूपमा पाइरहेको बताउदै केही ब्यक्तिले आफ्नो स्वार्थ अनुरुप बिरोध गरिरहेको उनले बताए ।

कार्यकाल सम्हालेको ६ महिनामै धेरै काम अगाडि बढिरहेको छ, केहि हुने क्रममा रहेको र सबै प्रक्रिया प्रदेश र प्रतिनिधि सभाको चुनाव पछि बिशेष रुपमा अगाडि बढ्ने प्रमुख घर्तिले बताए । बजारमा केही ब्यक्तिले हल्ला चलाय जस्तो करमा वृद्धि नभएको बताउदै उन्ले तेस्को बारेमा नगरमै आएर बुझ्न जनतालाइ आग्रह गरे ।

नागरिकताको सिफारिसमा नगरले एक हजार रुपैयाँ लिएको छ भनेर बजारमा केही निश्चित ब्यक्तिले राजनीतिक स्वार्थका लागि भ्रम फैलाइएको रहेछ तेस्को पछि नलाग्न र तेस्को सिफारिसको ५० रुपैयाँ मात्र लिइरहेको प्रष्ट पारे ।

ब्यक्तिगत र राजनीतिक स्वार्थबाट प्रेरित केहि निश्चित ब्यक्ति बाहेक नगरबाट हुने विभिन्न बिकास निर्माण देखि अन्य सुधारका काममा जनताको पुर्ण साथ पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग अपेक्षा गरेको प्रमुख घर्तिले बताए ।


ताजा समाचार