Loading... आजः मङ्लबार, असार ८, २०७८

नेपाल राष्ट्रिय शिक्षक संगठन नलगाड कमिटिको अध्यक्षमा शर्मा

जाजरकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन नलगाड नगर कमिटिको अध्यक्षतामा भवानी प्रशाद शर्मालाई चयन गरिएको छ । शनिवार सम्पन्न संगठनको पहिलो नगर सम्मेलनले शर्मालाई अध्यक्षमा सर्वसहमत चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा बलाराम गिगी, महिला उपाध्यक्षमा विमला शाही, सचिवमा नरेन्द्र घर्ती, सहसचिवमा हजारी परियार, कोषाध्यक्षमा नर बहादुर खड्का र सह कोषाध्यक्षमा विमला कुमारी नाथ सर्वसहमत चयन भएका हुन् ।

२० सदस्सिय नगर कमिटिको सदस्यहरुमा अम्बिका श्रेष्ठ, पार्वती रावल, मान बहादुर डाँगी, चन्द्रा कुमारी शाही, ललिता गौतम खड्का, रोका खड्का, चेत बहादु सिंह, प्रजित खत्रि, गोपाल रावल, सेर बहादुर थापा, हरि बहादुर सिंह, विरेन्द्रमान सिंह र डिल्लि बहादुर शाही रहेका छन् । सम्मेलनले लाल बहादुर सिंह र राजेनद्र कुमार खड्कालाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । अन्य चार जना प्रतिनिधि मनोनित गरिने अध्यक्ष शर्माले जानकारी दिए ।


ताजा समाचार