Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

बामगठबन्धन शक्ति प्रदर्शनमा–काँग्रेस घर दैलोमा !

मतदाताको स्वागत ग्रहन गर्दै बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार शक्तिबहादुर बस्नेत

जाजरकोट । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्बाचनको मिति नजिकिदै गर्दा जिल्लामा चुनाबी सरगर्र्मि निकै बढेको छ । चुनाब नजिक आउदै गर्दा दलहरु मतदाता आकर्षित गर्न बिभिन्न उपाया प्रयोग गर्न थालेका छन । बामगठबन्धनले जिल्लाभरी शक्ति प्रदर्शनमा गर्न थालको छ भने काँग्रेस घरदैलो अभियानमा जुटेको छ । राजनीतिक रुपमा बलियो देखिएको बाम गठबन्धनले जिल्ला भरी आफ्नो शक्ति प्रदर्शन गरेर कार्यकर्ता परिचालन र मतदातालाई आकर्षित गर्ने गरेको छ ।

हाम्रो शक्ति देखेर नै जनता उत्शाही भएर बाम गठबन्धनको पक्षमा मतदान गर्न आतुर देखिएका छन एमाले अध्यक्ष करबीर शाहीले भने । बामगठबन्धनको राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिको एजेण्डा प्रति जनताको भरोसा र बिश्वास देखिएको छ जाजरकोटको प्रदेश सभा (ख) बाट उम्मेद्वार समेत रहेका एमाले अध्यक्ष शाहीले दाबी गरे । रोग, भोग, अभाब, गरिबी र असुबिधाको पहिचान बोकेको जाजरकोटको परिचय परिवर्तन गर्ने भन्दै बामगठबन्धनले सबै ठाउँमा एकिकृत शक्ति प्रदर्शन गर्दै आएको छ ।

बिजय निश्चियत छ, हामी जनतासंग जिल्लाको सम्बृद्धिको आधाररेखा कोर्न छलफल गर्दै आएका छौं बामगठबन्धनका तर्फबाट  प्रतिनिधिसभा सदस्य उम्मेद्वार पूर्ब गृहमन्त्री माओबादी नेता शक्तिबहादुर बस्नेतले भिजन खवरलाई भने । मेरो कसैसंग प्रतिस्पर्धा नै छैन केबल जनतासंग जिल्लाको भाग्य भबिश्यलाई कसरी देशको आर्थिक सम्बृद्धिको मुद्दासंग जोड्ने हो त्यसको बारेमा बहस छलफल चलाउदै छु जनतासंग बस्नेतले भने ।

त्यस्तै नेपाली काँग्रेसले चुनाबको मिति नजिकिदै गर्दा कार्यकर्तालाई घरदैलो कार्यक्रममा परिचालन गरेको छ । जनताको बास्तविक अबस्था बुझ्न कार्यकर्तालाई घरदैलो अभियानमा खटाएका छौं, जनताका समस्यासंग साक्षात्कार भएर नै काम गर्ने हो घर घर पुगेर मत माग्दै छौं प्रदेशसभा (क) का उम्मेद्वार बेदराज सिंहले भने । हामीलाई कुनै राजनीतिक शक्ति प्रदर्शन गर्नु छैन जनताको मन जित्नु छ जनताले बिश्वास दिलाएका छन यसैमा ढुक्क छौं सिंहले दाबी गरे ।

त्यसैगरी नेपाल काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका राजिक बिक्रम शाहले गाउँ गाउँमा बिरामीको उपचार र असाहय अनाथलाई आर्थिक सहयोग गरेर मत माग्ने गरेको छन । उनले मतदातासंग आफु राजनीतिज्ञ नभइ सामाजसेबी भएको भन्दै भोट माग्न थालेका छन । दुःखी बिरामीहरुको सेवा गर्दै जनताको बिचमा गएको शाह बताउछन । उनी आफु सधै जनताको असली सेबक भएर काम गर्ने भन्दै राजनीति भन्दा भन्दा पनि सामाज सेवाको लागि पुर्खैली थलोबाट चुनाब लडेको दाबी गर्दछन । चुनाबको मिति नजिक आउदै गर्दा दलहरुका कारण मतदाता  समेत पक्ष बिपक्षमा बाँडिने क्रम तिब्र बनेको छ ।

यतिबेला गाउँ गाउँमा मतदाता पनि आफुले मत हाल्ने उम्मेद्वार जित्ने दाबी गर्न थालेका छन । त्रिबेनी नलगाड ७ का शेरबहादुर नाथ बामगठबन्धन बिजयी हुने कुरामा ढुक्क छन । मेरो मत आर्थिक सम्बृद्धि र राजनीतिक स्थायित्वको लागि दर्ज हुन्छ जित पक्का हो उनले भिजन खवरसंग भने । त्यस्तै सोही ठाउँका दिपेन्द्र सिंहको भनाइ फरक छ लोकतन्त्रको रक्षाको लागि  मेरो भोट नेपाली काँग्रेसलाई । ७ वटा स्थानीय तह मध्य ५ वटामा बाम गठबन्धनले जितेको छ भने २ वटमा मात्र नेपाली काँग्रसले जितेको छ ।

चुनावी जोडघटाउको हिसाव गर्दा  गत स्थानीय निर्वाचनमा दलहरुले प्राप्त गरेको मतका आधारमा बाम गठबन्धनको ३८ हजार ६१ मत छ भने नेपाली काँग्रेसको  १८ हजार ४ सय ३९ मत छ । बामगठबन्धन १९ हजार ६ सय २२ मतले  अगाडी रहेको छ । बामगठबन्धनले आफ्नो मतको सुरक्षा गरे पुग्छ भने काँग्रेसलाई भने मत थप्न सकस नै छ ।

मतदाताको घरदैलोमा काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार राजिव विक्रम शाह

ताजा समाचार