Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

देउवालाई ‘हर्ट एट्याक’ हुन सक्छ, एम्बुलेन्स ठीक पार्नुस्- माधब नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वाम गठबन्धनबाट आत्तिएर गाली गलौजमा उत्रिएको बताएका छन् ।

‘वाम गठबन्धनको बहुमत आउने अवस्था देखेपछि प्रधानमन्त्री देउवाको होस हवास उडेको छ, त्यही कारण उनी बर्बराउन थालेका छन्’ नेपालले एमाले ललितपुर क्षेत्र नम्बर २ बाट आइतबार आयोजित कार्यक्रममा भने, ‘म कांग्रेसजनलाई भन्न चाहन्छु, चुनावपछि प्रधानमन्त्री देउवालाई हर्ट एट्याक हुन सक्छ, एम्बुलेन्स अहिल्यैदेखि ठीक पार्नुस् ।’ जनता समाचारले खबर लेखेको छ

नेता नेपालले विदेशीको सहयोगमा स्थापनामा भएको बाँसबारी छाला जुत्ता उद्योग, हेटौँडा कपडा उद्योग, भृकुटी कागज उद्योग लगायतका तीन दर्जन भन्दा बढी ठूला उद्योग कांग्रेसको सरकारले तहसनहस पारेको आरोप लगाउनुभयो ।

‘यो मुलुकको राष्ट्रिय महत्वका उद्योगहरु कांग्रेसले स्वात्तै निल्यो’ नेपालले भने, ‘कांग्रेसका मन्त्रीहरुको पेट चिर्ने हो भने ती उद्योगहरु भेटिन्छन् ।’


ताजा समाचार