Loading... आजः शनिबार, कार्तिक ८, २०७७

अछाममा ५५ मतदान स्थल अति संवेदनशिल

कल्पना बोहरा
अछाम, कात्तिक २७ । दोश्रो चरण अन्र्तगत आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अछामका ५५ मतदानस्थल अतिसंवेदनशिल रहेको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ ।

१ सय ९७ मतदानस्थललाई सुरक्षाका हिसावमा ५५ अतिसंवेदनशिल, ६५ संवेदनशिल र ९ सामान्य गरी तीन प्रकारमो बर्गिकरण गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिनुभयो ।

दल र तिनका भातृ संगठनका हुनसक्ने असुरक्षा सम्बन्धि गतिविधि, निर्वाचन नचाहने तत्व, भौगोलिक विकटता, आइपर्ने समस्यालाई विश्लेषण गरी तीन तहमा मतदानस्थलको सुरक्षा विश्लेषण समितिले गरेको छ । मतदानस्थलको सुरक्षा अवस्थालाई हेरेर सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी चौधरीको भनाइ छ । स्थानीय तह निर्वाचनका दिन केही मतदान केन्द्र नजिक बम समेत विष्फोट भएका थिए ।

अछामका दूगम रहेका ६/७ स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम मंगलसेनमा ल्याउन सिफारिस गरिएको चौधरीले जानकारी दिए । अघिल्लो चुनावमा अछामको रहफ, सिउडी लगायतका स्थानबाट हेलिकप्टरबाट मतपेटिका ल्याइएको बताइएको छ । ‘सवारी साधनको अवस्था हेरेर हेलिकप्टर परिचालन हुने प्रजिअ चौधरीको भनाइ छ ।

साथै जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय सर्वपक्षिय बैठकले आउँदो मंसिर १ गतेदेखी निर्वाचनको मतगणना सम्पन्न भएको एक हप्तासम्म जिल्लाभरी मदिरा उत्पादन, ओसारपसार, विक्रिवितरण र सेवनलाई बन्देज गरेको छ । अछाम जिल्लामा दोश्रो चरण अन्र्तगत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन आउँदो मंसिर २१ गते निर्वाचन मिति तय भएको छ ।


ताजा समाचार