Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

भारतविरुद्धको ऐतिहासिक जितमा नेपाली खेलाडी (फोटोफिचर)

भारतविरुद्धको ऐतिहासिक जितपछि सामूहिक तस्बिर खिँचाउँदै नेपाली खेलाडी । तस्बिर सौजन्य : रमन सिवाकोटी

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा भारत नेपालसँग १९ रनले पराजित भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० अाेभरमा ८ विकेट गुमाउँदै १८६ रन बनायाे जसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले १०१ बलमा ८८ रन बनाए भने जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाए।
भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट लिएका थिए।

१८७ को लक्ष्य पछ्याउने क्रममा भारतले ४८.१ ओभरमा १६६ रन मात्र बनाएपछि हार ब्यहाेरेकाे थियो । भारत लाई १६६ रनमा राेक्ने क्रममा कप्तान ऐरीले ४ विकेट लिएका थिए ।

शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चरण पार गर्न भारतलाई पराजित गर्नै पर्ने दबाब थियो।
अब नेपालले समूह चरणको अन्तिम खेल मलेसिया संग खेल्नेछ ।


ताजा समाचार