Loading... आजः बिहिबार, जेष्ठ ५, २०७९

जाजरकोटमा काँग्रेस भन्दा बाम गठबन्धन बलियो

जाजरकोट । जाजरकोटमा लोकतान्त्रिक गठबन्धन भन्दा बाम गठबन्धन अगाडि देखिएको छ । लोकतान्त्रिक गठबन्धन भन्दा १९ हजार ६ सय २२ मतले बाम गठबन्धन अगाडि देखिएको हो । जिल्लाका कुल सात वटा स्थानिय तहमा बाम गठबन्धनले पाँच वटा स्थानिय तह हात पारेको छ ।

भने काँग्रेसले बाँकि दुई तहमा जितेको छ । जिल्लामा तिन नगरपालिका र चार गाउँ पालिका रहेका छन् । जसमा तिन वटै नगरपालिका र दुई गाउँपालिकामा बाम गठबन्धनले बहुमत सहित जितेको छ । काँग्रेसले जितेको कुशे गाउँपालिकामा भने बहुमत सहित विजयी भएको छ । उस्ले जितेको अर्को बारेकोट गाउँपालीकाको अध्यक्ष र दुई वडा अध्यक्ष मात्र जितेको छ भने अरु सवैमा बाम गठबन्धनले हात पारेको छ ।

स्थानिय तहको मत परिणाम अनुसार एमालेको २० हजार ६ सय र माओवादी केन्द्रको १७ हजार चार सय ६१ गरी बाम गठबन्धनको कुल ३८ हजार ६१ मत रहेको छ । त्यस्तै काँग्रेसको १८ हजार ४ सय ३९ मत रहेको छ र उस्लाई साथ दिएको कमल थापा नेतृत्वको राप्रपाको एक सय १० मत मात्र रहेको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट पुर्व गृहमन्त्रि शक्ति बस्नेत र लोकतान्त्रिक गठबन्धानबाट राजिव विक्रम शाह चुनावि मैदानमा छन् । प्रदेश सभा चुनावमा जाजरकोट (क) बाट बाम गठबन्धनका गणेश प्रसाद सिंह र लोकतान्त्रिक गठबन्धनबाट वेदराज सिंह उम्मेदवार बनेका छन् ।

त्यस्तै (ख) बाट बाम गठबन्धनका करविर शाही र लोकतान्त्रिक गठबन्धनबाट दिपक जंग शाह चुनावि मैदानमा छन् । ७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एक क्षेत्रमा माओवादी र अर्को क्षेत्रमा काँग्रेसले जितेको थियो ।


ताजा समाचार