Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

चुनाव परिचालन कमिटि गठन संगै प्रचारलाई तिव्रता दिदै बाम गठबन्धन

जाजरकोट । बाम गठबन्धनले प्रचार प्रसारलाई व्यवस्थित र तिव्रता दिन नगरपालिकाका प्रत्यक वडामा चुनाव परिचालन कमिटि गठन गरिरहेको छ । गठबन्धनका उम्मेदवरालई भारी मतले विजयी गराउन भेरी नगरपालिकाका सवै वडामा चुनाव परिचालन कमिटि गठन गरिरहेको हो ।

उस्ले कमिटि मार्फत प्रत्यक घरदैलोमा प्रचार गरिरहेका छन् । यसैविच वडा नम्बर ३ मा शनिवार विश्व विक्रम शाहको संयोजकत्व र वल बहादुर विकको सहसंयोजकत्वमा १९ सदस्सिय चुनाव परिचालन कमिति गठन गरिएको छ । त्यस्तै सोही वडामा दुर्गा श्रेष्ठको संयोजकत्वमा ११ सदस्यि युवा परिचालन कमिटि गठन गरिएको छ ।

भने भावना भण्डारीको संयोजकत्वमा १८ सदस्सिय महिला परिचालन कमिटि गठन गरिएको नगर प्रचार समितिका सदस्य अमर सिंह राठौरले जानकारी दिनु भयो । त्यस्तै वडा नम्बर ४ को बोहोरा, मुलपानी र युरि टोलमा बल बहादुर मल्लको संयोजकत्वमा १८ सदस्सिय प्रचारको लागि टोल कमिटि गठन गरिएको छ । रत्न बहादुर मल्लको संयोजकत्वमा २५ सदस्सिय युवा परिचालन कमिटि गठन गरिएको जनाइएको छ ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका स्थाइ कमिटि सदस्य कालि बहादुर मल्ल, पुर्व मन्त्रि शत्या पहाडी लगायतका बाम गठबन्धनका नेताहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार