Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

यु १९ एसियन कपमा नेपालले दियो भारतलाई एक सय ८५ रनको लक्ष्य

कात्तिक २६, काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारत सामु १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोे छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निधारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रन बनाए । एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाका हुन । यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।


ताजा समाचार