Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

काँग्रसले जति भ्रम फिजेपनि केही चल्दैन :पुर्व गृहमन्त्री बस्नेत


रेशम बहादुर खड्का
कात्तिक २६ जाजरकोट । नेकपा माअाेवादिका पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले यसपटक जनताले वाम गठबन्धनलाई बहुमत दिने बताएका छन ।

जुनिचाँदे गाउपालिका वडा न ३ सानाखाेलामा चुनाव प्रचारप्रसारका लागि अामसभा लाई सम्भाेधन गर्दै उनले काँग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि सरकारले पूर्ण अवधि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलको वातावरण बनाएको चर्चा गर्दै नेपाली काँग्रेसले तीन पटक बहुमत ल्याउँदासमेत मुलुककलाई खतरा तर्फ धकेलेकाे अाराेप लगाए ।

जनताको अधिकारलाई स्थापत गरी आर्थिक समृद्धका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताउँदै उनले काँग्रेसले अहिले चुनाव जित्नका लागि वाम सरकारले अधिनायकवाद ल्याउने भ्रम फैलाएकाले त्यसतर्फ मतदातालाई चनाखो हुन आग्रह गरे । त्यस्तै नेकपा एमालेका प्रदेश सभाका साझा उमेदवार करबिर शाहीले देशमा सबै वर्ग समुदायमा आर्थिक पहुँच पुग्न नसकेकाले सामाजिक विभेद कायम भएको बताउँदै औद्योगिक गतिविधिका माध्यमबाट आर्थिक रुपान्तरण, समानता, न्यायोचित वितरणका कार्य गर्न वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए ।

कार्यक्रम्मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जाजरकोट ईनचार्ज भाैरव सुन्दर श्रेष्ठ केन्द्रीय सल्लाहकार समितिका सदस्य गाेबिन्द बिक्रम शाह पुर्व सांसद रत्न प्रसाद न्याैपाने प्रदेश न ख कि समानुपातिक उमेदवार काैसिलावति खत्रि राेजगार बिभाग का सचिव निरज अाचार्य कमान खड्का कृष्णबहादुर बिसि माेति वलि युवा संघ नेपाल जाजरकोटका सचिव जय बहादुर बस्नेत नेकपा माअाेबादि केन्द्र नेता यज्ञ बहादुर खत्री नर बहादुर कार्कि ढकबिर राना लगाए ७००० जति स्थानीय बासिहरुकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रमकाे अध्यक्ष जुनिचाँदे गाउँपालिकाका अध्यक्ष तथा जिल्ला पाटि उपाध्यक्ष कृष्णबहादुर केसि प्रभाकरकाे अध्यक्षतामा सम्पन्न भएको थियो जसको प्रमुख अथिति पृर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले गरेका थिय । उता प्रदेश सभाका लागि पनि बाम गठबन्धनले क्षेत्र नम्वर (क) मा साझा उमेदवार रहेका गणेश शिंह पनि अाफनाे चुनावी प्रचार प्रसारमा तिव्रता दिएका छन दुवै पक्षका नेताहरु जनता रिझाउन विभिन्न उपायाहरु अपनाउन थालेका छन्।

जति जनताको मुक्तिका लागि कांग्रेसका नेताले कुनै योगदान नदिएकोले यो चुनावमा जनताको भोट आफुलाइ आउने दावी गर्छन्। जाजरकोटको विकटता हटाउन वाम गठवन्धनले जिते मात्र सम्भव भएको भन्दै जनतासंग भोट मागिरहेका छन् ।


ताजा समाचार