Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

रोग, भोग र अभावमुक्त समाज बनाउछौँ  : खत्री

जाजरकोट । देश यतिवेला चुनावमय भएको छ । संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान निर्माण पछिको पहिलो चुनावमा दलहरु होमिएका छन् । बिशेषगरि अहिले नेपालमा दुई पार्टी प्रणालीको अभ्यास जस्तै देखिन्छ । नेकपा एमाले र माओवादी केन्द्र तथा केही साना कम्युनिष्ट दलहरुले बाम गठबन्धन निमार्ण गरी चुनावमा गएका छन् । अर्को तर्फ नेपाली काँग्रेसले पनि प्रजातन्त्रवादी केही शक्तिहरुलाई साथमा लिएर लोकतान्त्रिक गठबन्धन निमार्ण गरेको छ । दुवै दलले मंसिर १० र २१ हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । र, उनिहरु जनताको घरदैलोमा आफ्ना घोषणा पत्र लिएर प्रतिवद्धताहरु जनाउदै भोट मागिरहेका छन् ।

प्रजातान्त्रिक गठबन्धनले लोकतन्त्र रक्षाको लागि भन्दै भोट मागिरहेको छ भने बाम गठबन्धनले संवृद्ध, सम्पन्न, दिगो विकास र स्थायित्व सहितको समाजवादी व्यवस्थाको आधार निमार्ण गर्ने लक्ष्यका साथ जनतासंग भोट मागिरहेको छ । यसैक्रममा जाजरकोटमा पनि चुनावी रौनक निकै छायको छ । प्रत्यक्ष तथा समानुपातिक उम्मेदवरहरु गाउँ–गाउँ गएर घरदैलो गरिरहेका छन् । चुनावि अभियानमै सहभागि एमालेका ६ नंम्बर प्रदेश कमिटि सदस्य तथा प्रदेश समानुपातिक उम्मेदवार कौशिला खत्रि शाही संग हामीले कुराकानि गरेका छौ ।

चुनावी अभियानमा हुनुहुन्छ, तपाँइका एजेन्डाहरु के के हुन ?

पहिलो कुरात जाजरकोटको विकास र समृद्धिनै हो । हाम्रा आधारभुत कुराहरु जस्तै : शिक्षा, स्वास्थ्यमा सवैको पँहुच पुर्याउने, खानेपानीको उचित व्यवस्था गर्ने लगायत प्रत्यक गाउँमा सडक संजालले जोड्ने आधारभुत र प्रमुख एजेन्डा हो । त्यस्तै जिल्लाको अर्छानिमा रहेको टुर्मालिन काइनाइट ढुंगा, बारेकोटमा रहेको फलाम र भुरचौरमा रहेको कोइला खानिलाई उत्खनन् गर्न विशेष योजना अगाडी बढाई सयौमा रोजगारीको सिर्जना गरी युवाहरुको विदेश पलायनलाई रोकिने छ । कृषि र पशुपालन गर्नेलाई प्रोत्साहन गरि त्यस्लाई आधुनिकिकरण गरि रोजगारीको सिर्जना गरिने छ । पर्यटन प्रवर्दनमा जोड दिइने छ । अन्तराष्ट्रिय पुलको रुपमा रहेको भेरीकरिडोर राजमार्ग निर्माण गरि भारतको रुपैडिया देखि चिनको तिव्वतको (धो) सम्म जोड्ने कामलाई मुर्तरुप दिइने महत्वपुर्ण एजेन्डा बनाएका छौ । नलसिंङगाड, छेडागाड देखि साना लघु तथा मझौला जलविद्युत उत्पादनमा जोड दिइने लगायतका हाम्रा मुख्य एजेन्डाहरु रहेका छन् ।

केही त पहिलेका चुनावमा पनि तपाँइहरुले भन्दै आएका एजेन्डाहरु हुन, खासै कार्यन्वयन भएको देखिएन अव पनि हुन्छननै भनेर कसरी विश्वस्थ हुने ?

पहिले पनि केही भएका छन्, केही हुने चरणमै छन् । राजनीतिक स्थिरताले केही हुन पाएनन् । अव हामी बाम पंन्थिहरु एक ठाउँमा उभिएका छौ, यो चुनावमा बहुमत प्राप्त गरि नेपालमा अव हाम्रो स्थाई सरकार बन्छ र यी सवै ऐजेन्डाहरु कार्यन्वयन हुन्छन्, यस्म हामी विश्वस्थ हुनु पर्छ ।

जनताले तपाँईहरुलाई नै किन मतदान गर्ने ?

देशलाई राजनीतिक निकासको लागी जनमुखी सरकारको निमार्ण गर्न, आर्थिक समृद्धि र विकासको लागी हामीले भोट भागी रहेका छौ । हाम्रो जिल्लाको कुरा गर्दा रोग, भोग र अभाव बाट जिल्ला बासिलाई मुक्त गर्न, युवाहरुको विदेश पलायन रोक्न, सामाजिक कुसंस्कारलाई अन्त्य गर्न हामिलाई मतदान गर्नु पर्छ भनेका छौ । त्यस्तै दलित, जनजाती र पछाडी परिएका वर्गलाई हरेक क्षेत्रमा न्यायमुलक सहभागिता गराई समतामुलक समाज निर्माण गर्न हाम्रो गठबन्धनलाई भोट हाल्ने कुरामा म विश्वस्थ छु । अर्को कुरा हाम्रो यो जिल्लाको पश्चिमि क्षेत्रमा छाउपडि प्रथा कायमै छ त्यसको अन्त्य गर्न चाहान्छु ।

तपाँइले यस अघि जिल्लाको लागि के गर्नु भयो ?

मैले यस अघि के गरे भन्ने कुरा भनिराख्नु पर्छ जस्तो मालई लाग्दैन । किनकी म बिद्यार्थि राजनीति गरी शिक्षण पेशा हुदै अहिले यो ठाउँ आइपुगेकी छु । जिल्लावासिको लागि प्रत्यक्ष तथ अप्रत्यक्ष रुपमा विशेषगरी म महीला भएकै कारण समाजिक कुरीति, कुसस्कार विरुद्धका अभियान संचालन देखि संघ संस्था मार्फत सचेतना मुलक अभियानहरु संचालन गरेको तपाँइहरुलाई थाहानै छनी । अव पुर्णरुपमा राजनीतिमै सक्रिय छु अव केही गरेर देखाउछु ।

तपाँइ गाउँ–गाउँ जानु भयो, बाम गठबन्धन प्रतिको जनताको सहभागिता कस्तो पाउनु भयो ?

हामिले बिभिन्न ठाउँमा गरेका आम सभाहरुबाट प्रष्टै हुन्छ उहाँहरुको सहभागिता कस्तो थियो भनेर । प्रत्यक गाउँमा जनता उत्साहित छन् यतिवेला । घरघरमा बामगठबन्धनका उम्मेदवरालाई जिताउन लागिरहनु भएको छ । काँग्रेसबाट परिवर्तन सम्भावना छैन भन्ने कुरा आम जनताले वुझिसकेका छन् ।

तपाँई प्रदेश सभा समानुपातिकको उम्मेदवार पनि हुनुहुन्छ, कस्तो छ सम्भावना ?

स्थानिय तहको चुनावको मतको आधारमा नेकपा एमाले यो प्रदेशकै पहिलो पार्टी हो । हाम्रो पार्टीले कम्तिमा पनि ७ सिट समानुपातिक पाउँछ भन्ने मलाई लाग्छ । र, म खस आर्य महिलाको ४ नम्बर सुचिमा समावेस छु । म पिछडिएको क्षेत्रको समेत पर्दछु । हाम्रो यो प्रदेशमा प्रत्यक्षमा कुनै पार्टीले महिला उम्मेदवार उठाएको छैन । संविधानत ३३ प्रतिसत महिला हुनु पर्ने बाध्यात्मक व्यवस्था भएकोले कुल ४० सिटमा १३ जना महिला हुनै पर्ने छ । त्यस्मा अव मेरो पनि सम्भावना नभएको होइन, सम्भावना छ । त्यसको लागि आदर्निय मतदाताहरुलाई मतदान गरिदिनुहुन आग्रह गर्दछु ।

अन्त्यमा राष्ट्रिय स्वाधिनता, दिगो शान्ती, समग्र विकास, समृद्धि र सामाजिक न्यायका लागि राष्ट्रिय राजनीतिमा पहँुच भएका पुर्व गृहमन्त्री एवं बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार क. शक्ति बहादुर बस्नेत, क्षेत्र नंम्बर १ का प्रदेश सभा सदस्यका उम्मेदवार क. गणेश प्रसाद सिंह र क्षेत्र नं. २ का उम्मेदवार हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका क. करविर शाहीलाई मतदान गरि विजयी गराउन मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु । त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभा समानुापतिकको लागि सुर्य चिन्हमा मतदान गरिदिन पनि विनम्रतापुर्वक अनुरोध गर्दछु ।


ताजा समाचार