Loading... आजः बिहिबार, अशोज ७, २०७८

बाम गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षण काेहलपुरमा सम्पन्न

सरला सुवेदी
बाँके, कात्तिक २४ ।  बाँके क्षेत्र नम्बर १ को “ख” मा बाम गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

आउदो मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरेर आज कोहलपुरकाे चौराहामा रहेको शहिद स्मृति भवनमा सम्पन्न प्रशिक्षण कार्यक्रम नेकपा एमालेका सचिवालय सदस्य तथा बामगठबन्धन प्रदेश सभा निर्वाचन परिचालन कमिटी का संयोजक अब्दुल हुसेन खानको अध्यक्षतामा भएको हो ।

मुलुकलाई समृद्धि तर्फ लैजान बामपंथी गठबन्धनले जित्न अनिवार्य छ भन्दै कार्यक्रमका बिशिस्ट अतिथी नेकपा एमालेका दिनेशचन्द्र यादवले बामपन्थिहरुलाई हराउन अरु पाटीको रणनिती बनेको हुदा बामपंथी नेता कार्यकर्ता लाई कत्ती पनि बिचलित नहुन यादवले आग्रह गरेका छन । यादवले यो सगरमाथाको देशबाट बिश्वलाई सन्देश दिनु छ बहुमत को सरकार स्थापना गरेर देशको बिकासमा सकारात्मक परिवर्तन गराउन पनि बामपंथी को सरकार अनिवार्य छ भन्दै आफ्नो भनाई राखेेका थिए।

भेलामा चुनावलाई कसरी सफल मर्यादित बनाउने र बामगठबन्धनका उम्मेदवारलाई जिताउन नेता कार्यकर्ता कसरी कुन कुन ठाउबाट खटिने भनी सर्कुलर समेत जारी गरिएको थियो । भेलामा नेकपा एमालेका पुर्व माननिय सासद देबराज भार, माओबादी केन्द्रका तिलक परियार लगायतको उपस्थिती रहेको थियो ।


ताजा समाचार