Loading... आजः शनिबार, कार्तिक ८, २०७७

चिनिया टोलीले गर्यो लुम्बिनीमा रेल सम्भाव्यता अध्ययन

लुम्बिनी । चीनको केरुङदेखि काठमाडौँ र पोखरा हुँदै लुम्बिनी जोड्ने रेलवे लाईन निर्माणका लागि चिनियाँ उच्चस्तरीय सरकारी टोलीद्वारा लुम्बिनीमा सम्भाव्यता अध्ययन गरेको छ । चिनियाँ रेलवे विभागका उपप्रमुख उच्च स्तरीय सरकारी टोलीले बिहिबार लुम्बिनी आएर सम्भाव्यता अध्ययन गरेको हो । प्राविधिकसहित आएको टोलीले बिहिबार रुपन्देहीको शंखरपुरदेखि लुम्बिनीसम्मको क्षेत्र अवलोकन गरेको होे । पाँच दिने भ्रमणमा आएको उक्त टोलीले काठमाडौँ, पोखरापछि रुपन्देहीका बिभिन्न क्षेत्रहरु अध्ययन गरिरहेको छ ।

चिनियाँ राष्ट्रिय रेलवे प्रशासन मन्त्रालयका उपप्रमुख चङ चियन नेतृत्वमा आएको टोलीले चीनबाट काठमाडौँ–पोखरा–लुम्बिनीसम्म जोड्ने रेलमार्गबारे अध्ययन गरेको नेपाल रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताए । अध्ययनपछि चिनियाँ टोली सकारात्मक रहेको पनि उनले जानकारी दिए । रातोपटी अनलाइनमा समाचार छ ।

सङको नेतृत्वमा आएको ३३ सदस्यीय टोलीमा रेल वे कम्पनीका प्राविधिक र व्यवसायी, चीनको परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विकास आयोगका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि र दूतावासका अधिकारीहरु समावेश रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकृत प्रकाश उपाध्यायले जानकारी दिए ।

केरुङलाई लुम्बिनीसम्म जोड्न चिनियाँहरु एकदमै सकारात्मक छन’ उपाध्यायले भने, ‘तर यसमा सरकारी चासो हुनुपर्छ ।’ रुपन्देहीमा रेलवेको अध्ययन पश्चात टोलीले धार्मिक स्थल लुम्बिनीको अवलोकन भ्रमण गरेको थियो ।


ताजा समाचार