Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

तपाँइको ढाड तथा कम्मर दुख्छ ? यसो गनुहोस

नेपालमा ढाड दुख्ने विरामीको संख्या बढ्दै गएको छ । अहिले झण्डै ८० प्रतिशत मानिस ढाड दुखाइबाट पिडित छन् । आजभोली बसेर काम गर्ने प्रवृति बढ्दै गएको छ । यति मात्र होइन व्यायम नगर्ने र खानपानमा व्यवास्था गर्ने लगायतका कारणले ढाड दुख्ने विरामी बढ्दै छन् । त्यसैले ढाड दुखेपछि उपचारका लागि अस्पताल भौतारीनु भन्दा दुख्न नदिनुनै बुद्धिमानी हुन्छ ।
 यसो गर्नुहोस
१. अफिसमा काम गर्दा बसाई मिल्दैन र ढाड दुख्छ । लामो समय सम्म कुर्सीमा बस्नेहरुमा यो समस्या भेटिएको छ । धेरै समय

सम्म कुर्सीमा बस्दा ढाडलाई सिधा पारेर बस्नुहोस । र तल्नो ढाडमा सर्पोट राखेर बस्नुहोस ।

२. कतिपय मानिस बढी गह्रुँगो सामान बोक्ने गर्छन । यसो गर्नु हुदैन । बढी गह्रुँ सामान बोक्दा सिधा असर ढाडमा पर्छ ।

३. अगाडि झुकेर गर्ने काम कम मात्रामा गर्नुहोस ।

४. शरीरको तौल बढि छ भने घटाउनुहोस् । किनकि पेट बढ्यो भने ढाडको व्यालेन्स मिल्दैन । ढाड पछाडि धकेलिन्छ । मोटोपन संगै ढाडमा दवाव पर्न जान्छ र ढाड दुख्छ ।

५. धेरै नरम ओछ्यानमा नसुत्नुहोस । कीनकी कोमल ओछ्यानमा ढाड सिधा हुन पाउदैन । ढाड बिचमा गढ्छ र ढाड दुख्छ ।

६. अग्लो जुत्ताचप्पल लगाउन बन्द गर्नुहोस । यस्ता जुत्ता चप्पलले ढाडमा चाप पर्छ ।

७. लामो समयसम्मा गह्रुँगो हात्ते ब्याग बोक्ने गनुहुन्छ भने अबदेखि बन्द गर्नुहोस । हातको एक भागमा बढी असर पर्ने सँगै ढाडमा असर पनि पर्न जान्छ ।

८. चुरोट रक्सी खाने गनुहुन्छ भने बन्द गर्नुहोस । यसले समग्र स्वास्थ्यमा असर पार्छ नै, ढाडमा पनि अधिक असर गर्छ । चुरोटले रक्त सञ्चार कम गर्छ हड्डी कमजोर गराउँछ ।

९. क्याल्सियम र भिटामिन डी युक्त खाने कुरामा जोड दिनुहोस । जस्तै दुध,दहि, हरियो सागसब्जी, अण्डा, माछा मासु लगायतका खानेकुरा बडी मात्रामा खानुहोस ।

१०. नियमित व्यायम गर्ने बानीको विकास गर्नुृहोस । नियमित व्यायमले ढाड वरिपरिको मासु बलियो बनाउनुका साथै रक्त सञ्चार राम्रो गराउँछ । हड्डी बलियो बनाउँछ ।

डा. आकाश पोखरेल
हाडजोर्नी तथा नसारोग विशेषज्ञ
गोरखा पव्लीक हस्पिटल प्राली, दाङ


ताजा समाचार