Loading... आजः बुधबार, अशोज २७, २०७८

केन्द्र परिवर्तनको गलत सुचनाले स्थानिए आन्दोलित 

रेशम बहादुर खड्का
जाजरकोट,२४ कार्तिक । छेडागाड नगरपालिकाको केन्द्र परिवर्तन गर्न लागिएको भन्दै गलत सुचनाको भरमा बिहिबार स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

अहिले कायम भएको केन्द्र अन्यत्रै सार्न लागिएको भन्दै साविक कार्कीगाउँ गाविस मनघाटका स्थानीयले नगरपालिकामा तालाबन्दी गर्नुका साथै खारा थलह सडक खण्डको बाटो समेत बन्द गरेका थिए । नगरपालिकामा बिषेश सभाको लागि सभाहलको ब्यबस्थापन नभएकोले उक्त सभा छेडागाड नगरपालिकाको धैँयामा हुने भनेर बैठक स्थान तोकेको भरमा स्थानिय ले आनदोलन गरेको नगर प्रमुख लाल बहादुर महताराले जानकारि दिए ।

नगरपालिकाको काम अहिले साविक कार्कीगाउँ गाविसको मनघाटबाट हुँदै आएको छ । स्थानीयको भावनाविपरित नगरपालिकाको केन्द्र साविकको दशेरा–९, ९अहिलेको ५ नम्बर० धैयाँमा सार्न लागिएको स्थानीयले आरोप लगाएका छन् । तर, आरोपलाई नगरप्रमुख महताराले कपोकल्पित भनेका छन् । जनप्रतिनिधी चुनिएको छ महिनाभित्र केन्द्रको टुङ्गो लगाउनुपर्ने भएकाले आज विशेष नगरसभा बोलाएको मेयर महताराले बताए ।

अधिवेशनको अन्यत्र केन्द्र सार्नू नै रहेको भन्दै असन्तुष्टहरुले विथोल्ने चेतावनी दिएका छन् । अधिवेशनलाई विथोल्ने तथा घेराबन्दी गर्ने तयारी भएको स्थानीय प्रेख खत्रीले जनाए । राजपत्रमा साविक कार्कीगाउँ गाविसलाई केन्द्र मान्ने भनिएको छ । तर, नगरपालिकाको भूगोल अनुसार त्यो ठाउँ पायक पर्ने देखिदैन । नगरको केन्द्र कुन ठाउँ राख्ने भन्ने निर्णय भईनसकेको तथा नगरवासीलाई सबैलाई पायक पर्ने ठाउँमा राख्नेगरि जनप्रतिनिधीले विवेकले निर्णय गर्ने मेयर महताराले दाबी गरे ।हिजोको बैठक कुनैपनि बिषयमा छलफल नगरि आज सम्मको लागि स्थगित गरिएको वडा न १ का अध्यक्ष गणेश बहादुर जौंसिले जानकारि दिए ।


ताजा समाचार