Loading... आजः मङ्लबार, असार ८, २०७८

बागी उम्मेदवारलाई मओवादी केन्द्रले निस्कासन गर्यो

काठमाडौं । बाम गठबन्धन विरुद्ध बागी उम्मेदवार दिएकालाई माओवादी केन्द्रले कारवाही गरेको छ । पार्टीको निर्णय विपरित विभिन्न जिल्लामा प्रतिनिधि र प्रदेशसभामा बागी उम्मेदवार दिएका र तिनको प्रस्ताबक र समर्थकलाई पार्टीको सदस्यसमेत नरहने गरीे पार्टिबाट निस्कासन गरेको हो ।

गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवार बनेका सल्यानका र हुम्लाका पोलिटव्युरो सदस्य सहित १० जनालाई माओदी केन्द्रले विहिवार कारवाही गरेको हो ।

सल्यानमा प्रतिनिधि सभाका उम्मेदवार टेक बहादुर बस्नेत विरुद्ध वागि उम्मेदवार वनेका पोलिटव्युरो सदस्य उमाकान्त शर्मा समेत कार्वाहीमा परेका छन् । त्यस्तै छक्कबहादुर लामा र भीमप्रकाश शर्मा रहेका पनि कार्वाहीमा परेको माओवादीले जनाएको छ । अन्य ७ जना जिल्ला आयोजक समिति सदस्य पनि कार्वाहीमा परेको विज्ञप्ती उल्लेख छ ।


ताजा समाचार