नेपाल एक्रा एजुकेशन फाउण्डेशनद्वारा २ सय घरपरिवारलाई राहत वितरण
बाँके, २३ कात्तिक । राप्ती सोनारी गाँउपालिका ७ फत्तेपुरका २ सय घरपरिवारलाई आज राहत वितरण गरिएको छ ।
असार २८ गते राप्ती नदिमा आएको बाढिले पीडित बनेका २ सय घरपरिवारलाई आज नेपाल एक्रा एजुकेशन फाउण्डेशनले २ सय घरपरिवारलाई राहत वितरण गरेको हो ।
प्रति व्यक्ति २५ केजी चामल, ५ केजी तेल, ५ केजी चिनी, २ केजी नुन र ५ केजी दाल गरि कुल साढे ६ लाख बराबरको राहत वितरण गरेको नेपाल एक्रा एजुकेशन फाउण्डेशनका संयोजक अव्दुल कविले जानकारी गराए । नेपालका विभिन्न ठाउँका बाढिपीडितहरुलाई राहत वितरण समेत गरिसकेको उनले बताए ।
युनाइटेड अरव इम्रेडको आर्थिक सहयोगमा भएको राहत वितरणमा बाढिपीडितहरु खुसी व्यक्त गरेका थिए । सानो सहयोग नै हाम्रो लागि ठुलो गुण भएको एक पिडितले बताए ।