Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

१४ शहरका चुनावी सभालई ओली र दाहालले सम्बोधन गर्ने

काठमाडौँ । आगमि मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशका १४ वटा प्रमुख शहरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बेधन गर्नुहुने भएका छन् । संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई दुवै जना शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको हो ।

दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनु भयो । पूर्व देखि पश्चिमका महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई उहाँहरुले सम्बोधन गर्नुहुनेछ ।

कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनु भयो ।


ताजा समाचार