Loading... आजः मङ्लबार, असार ८, २०७८

चुनाव जित्न आश्वासन देखि प्रलोभनसम्म, बस्नेत ढुक्क !

जाजरकोट । राष्ट्रिय राजनीतिमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार राजनैतिक हिसावले राष्ट्रिय छवि वनाएका पुर्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिवहादुर वस्नेत यतिवेला चुनावी मैदानमा छन । बस्नेत जाजरकोटलाई नीति निर्माणको तहसम्म जोड्न सफल व्याक्तित्व मानिन्छन् । जिल्लाको विकास, आर्थिक सम्बृद्धि र राजनीतिक स्थायीत्वको लागि आफुलाई जिताउन मतदातासंग अपिल गर्दै उनि गाउँ पसेका छन । आफ्नो पहलमा नेपालकै ठृलो मध्यको नलसिंहगाड जलबिद्युत आयोजना, उत्तर दक्षिण जोड्ने भेरी करिडोर निर्माणको शुरुवात जस्ता महत्वपूर्ण योजना शुरु गरेको भन्दै जिल्लाई राष्ट्रिय राजनीतिक मुल प्रबाहमा जोड्न मतदाताले आफुलाई बिजय गराउने बिश्वास ब्यक्त गर्छन । पुर्व प्रधानमन्त्रि प्रचण्डका विश्वास पात्र मानिने माओवादी नेता बस्नेत जिल्लाले आशा गरेका नेता हुन ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्बाचन घोषणासंगै नेपाली काँग्रेसका नेता राजिब बिक्रम शाहले जाजरकोटको पश्चिमी क्षेत्रमा निजि लगानीमा २५ सैयाको सुबिधा सम्पन्न अस्पताल बनाउने भन्दै कामको शुरुवात गरे । निर्बाचनको बेला मतदाता प्रभाबित गर्न यो हर्कत गरेको भनि अन्य दलले बिरोध जनाए । सिंङ्गो जाजरकोट नै धु्रबिकृत भयो यो कामको पक्षमा र बिपक्षमा सामाजिक संजालमा समेत चर्को बिरोध र अन्ध समर्थन गरियो । उनले अस्पताल बनाउने घोषणा ७० सालको संबिधान सभा निर्बाचनका बेला गरेका हुन । आफ्नो पदावदी सकिने बेलासम्म अस्पताल बनाउन वास्ता नगरेका शाहले अर्को चुनाबको मुखमा कामको शुरुवात नै गरे । काम राम्रो भए पनि चुनाबको मुखमा शुरु गर्नु उनको राजनीतिक चलाखी हो ।

यसरी चुनाबको बेला काम देखाउनु, आश्वासन बाँड्नु र प्रलोभन देखाउनु नेपालको राजनीतिक संस्कार हो । यहि संस्कारले अरु मुद्दाहरु ओझेलमा पर्ने गर्दछन । यतिखेर जहाँ जे समस्या देखिन्छ त्यो समाधान गर्न सबै दलका उम्मेद्वार र नेताहरु प्रतिबद्धता जनाउदै आएका छन । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका राजिव बिक्रम शाहले गाउँ गाउँमा बिरामीको उपचार र असाहय अनाथलाई खुलेरै आर्थिक सहयोग गरेर मत माग्ने गरेका छन । चुनाबका बेला यो आचारसंहिता बिपरित मानिए पनि असहाय र बिरामीका लागि सेवा शाहलाई मत माग्ने राम्रो अबसरको रुपमा प्रयाग गरिरहेका छन् । उनले मतदातासंग आफु राजनीतिज्ञ नभइ सामाजसेबी भएको भन्दै भोट माग्न थालेका छन । शाहले दुःखी बिरामीहरुको सेवा गरेर प्रलोभन देखाउदै सधै सामाज सेवामा लागि रहने आश्वासन बाँड्ने गरेका छन । काठमान्डौंमा बस्दै आएका शाह आफु राजनीति भन्दा भन्दा पनि सामाज सेवाको लागि पुर्खैली थलोबाट चुनाब लडेको दाबी गर्दछन । तर जाजरकोटका कतिपय मतदाताहरुले शाहलाई टुरिष्ट सम्म भन्ने गरेका छन् ।

यस्तै प्रतिनिधि सभा सदस्य उम्मेद्वार प्रदेश सभा सदस्य उम्मेद्वारहरुले पनि आश्वासन र प्रलोभन देखाउने गरेको मतदाताहरु बताउछन । जो आउछन सबै गर्छौ र दिन्छौं भन्छन कसको बिस्वास गर्नु बारेकाट गाउँपालिक ५ नायकवाडाका महेन्द्रबहादुर सिंहले भने । कोही मोटरबाटो पुर्याउछु , कोही रोजगारी दिन्छौं , कोही क्याम्पस बनाउछौं , त कोही जनताका हरेक काम आफैले गर्ने भन्छन सिंहले थपे ।

सबैले प्रतिबद्धता, आश्वासन र प्रलोभन जे बाँडे पनि स्थानीय तहको निर्बाचनको दलहरुले प्राप्त गरेको मतका आधारमा बाम गठबन्धन बलियो देखिएको छ । ७ वटा स्थानीय तह मध्य ५ वटामा बाम गठबन्धनले जितेको छ भने २ वटमा मात्र नेपाली काँग्रसले जितेको छ । चुनावी जोडघटाउको हिसाव गर्दा गत स्थानीय निर्वाचनमा दलहरुले प्राप्त गरेको मतका आधारमा बाम गठबन्धनको ३८ हजार ६१ मत छ भने नेपाली काँग्रेसको १८ हजार ४ सय ३९ मत छ । बामगठबन्धनले आफ्नो मतको सुरक्षा गरे पुग्छ भने काँग्रेसको झण्डै २० हजार मत कम छ । जाजरकोटबाट २०४८ सालदेखि अहिलेसम्म कुनै पनि उम्मेद्वार प्रतिनिधि सभा सदस्यमा दोहोरिएर निर्बाचित भएको रेकर्ड छैन । तर यस पटकको निर्बाचनमा बस्नेतले दोहरिने सौभाग्य पाउने निस्चित जस्तै छ ।


ताजा समाचार