Loading... आजः मङ्लबार, असार ८, २०७८

गठबन्धनका कारण राष्ट्रिय राजनितीलाई तरङ्गीत बनएको छ : कमल थापा

रबिन्द्र सिँह ठकुरी
बाँके, २२ कात्तिक । प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारहरूलाई बधाई तथा शुभकामना र पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागी बाँके आईपुगेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उप-प्रधान तथा उर्जा मन्त्रि समेत रहेका कमल थापाले नेपाल को संबिधान २०७२ जारी र स्थानीय तहको संरचना पश्चात हुन लागेको प्रतिनिधी र प्रदेश चुनाबको लागी स्थानीय स्तर देखिनै जनताहरू उत्साहित भएको बताएका छन् ।

लोकतान्त्रिक गठबन्धन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले चुनाबलाई स्वतन्त्र, निष्पक्ष र धाधली रहित बनाउन पनि सरकार प्रतिबद्ध भएको बताए । नेकपा एमाले र माओबादी केन्द्रले गरेको पार्टी एकरण संगसंगै राष्ट्रिय राजनितीमा तरङ्गीत बनाएको र प्रजातन्न्त्रको भबिष्य, राजनैतिक स्थायीत्व, र मुलुकको समग्र आर्थिक बिकासका सम्बन्धमा समेत सम्सय र आशंकाको स्थिती देखा परेको उनले बताए ।

राष्ट्रिय एकता र अखण्डताको संरक्षण प्रजातन्त्रको संस्थागत बिकास र सुढृणीकरण, मुलुकको समग्र आर्थिक बिकासको लक्ष्य हासिल गर्नको लागी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातान्त्रीक पार्टी लगाएतका अन्य लोकतन्त्र पक्षधर राजनितीक दलहरूका बिचमा चुनाबी तालमेल र सहकार्य गर्ने निर्णय समेत भएको उनको भनाई थियो ।

यस्तै थापाले लोकतान्त्रिक गठबन्धनको निर्माण अरू कसैका बिरूद्धमा नभएको उल्लेख गरे । मकवानपुर, बाँके, दैलेख र काठमाण्डौँ गरि जम्मा चार क्षेत्रमा कांग्रेसको सहयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार दिएको छ भने झापा जिल्लाको अपबाधलाई पछ्याएर अरू सबै जिल्ला र निर्बाचन क्षेत्रमा नेपाली कांग्रेसलाई राप्रपाले सघाउने बताए ।


ताजा समाचार