Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

उत्तर कोरियालाई अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियाको संसदमा बोल्दै उत्तर कोरियाका नेता किम जङ अन विरुद्ध चर्को चेतावनी दिएका छन् । ट्रम्पले भने, “हामीलाई कम नआँक्नु । हामीमाथि प्रयोग नगर्नु,“उनले भाषणमा किमलाई सम्बोधन गर्दै भने “तपाईँसँग भएका हतियारले तपाईँलाई सुरक्षित बनाउँदैनन् । त्यसले तपाईँको सत्तालाई ठूलो खतरा पुर्याएको छ ।

यतिवेला अमेरिकी राष्ट्रपति ट्रम्प एशिया भ्रमणक्रममा दक्षिण कोरियाको दुई दिने भ्रमणमा छन् । ट्रम्पले सोलमा सांसदहरुलाई सम्बोधन गर्दै कोरियाली युद्ध यता उत्तर कोरियाको तुलनामा दक्षिण कोरियाको प्रगतिको प्रशंसा गरे । ट्रम्पले सम्बोधनको अधिकांस समय उत्तरकोरियाको आलोचनामा विताएका थिए ।

प्योङयाङलाई चेतावनी दिँदै भने, “यस अघिको अमेरिकाको व्यवहारलाई उसले कमजोरी भन्ठानेको होला अब अमेरिकामा फरक प्रशासन छ।“ उनले आणविक कार्यक्रम त्याग्न उत्तर कोरियालाई आग्रह गरेको बिबिसीले लेखेको छ

ट्म्पले बाँकी विश्व खासगरी चीन र रुसलाई प्योङयाङमाथि उसका आणविक हतियार त्याग्न दबाब बढाउन आग्रह गरे । ट्रम्प एशियाका पाँच मुलुकको भ्रमण क्रममा छन् । जापानबाट भ्रमण शुरु गरेका ट्रम्प दक्षिण कोरिया पुगेका छन् त्यहाँबाट उनी बुधबार चीन पुग्दैछन् ।


ताजा समाचार