Loading... आजः शुक्रबार, अशोज १, २०७८

प्रचारको क्रममा नारणकाजी घाइते

गोरखा । चुनाव प्रचार प्रशारको क्रममा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ घाइते भएका छन् । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समते रहेका श्रेष्ठ गोरखाको सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा रडमा अल्झिएर लडेका थिए ।

लडेपछि उनको निधार र दायाँ खुट्टामा सामान्य चोट लागेको जनाइएको छ । घाइते भएका कारण उनी बुधबार बारपाकमा तय गरिएको घरदैलो कार्यक्रममा सहभागी हुन सकेनन । बारपाकमा भएको चुनावी सभामा उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । चुनाव नजिकिदै गर्द उनलाई पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न र भोट माग्न अप्ठेरो भएको छ ।


ताजा समाचार