Loading... आजः शनिबार, कार्तिक ६, २०७८

पश्चिमका मतदाताको रोजाइमा बाम गठबन्धनका शाही 

जाजरकोट । बाम गठबन्धनबाट प्रदेश सभाका साझा उम्मेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष करविर शाही चुनावि प्रचारमा मतदाताहरुको घरघरमा पुगीरहेका छन् । उनि सँगै गठबन्धनका नेताहरु पनि घरदैलोमै व्यस्थ छन् । प्रदेश सभाका उम्मेदवार शाही गाउँ गाउँमा पुगेपछि समर्थक तथा शुभचिन्तकहरुको घुइचो लागिरहेको छ । आफ्ना प्रतिवद्धताहरु सुनाउदै भोट मागिरहेका शाही यतिवेला निकै हर्सित भइरहेका छन् ।

गठबन्धनका साझा उम्मेदवार, नेताहरुको सहयोग र मतदाताहरुको अपार सर्मथन पाएपछि उनि दंग छन् । पश्चिमका सवै गाउँमा सडक संजाल जोड्ने, रोजागरीका उपयुक्त अवसरहरु सिर्जना गर्ने, शिक्षा, स्वस्थ्य र खानेपानीको व्यवस्था गर्ने लगायतका आफ्ना प्रमुख एजेन्डाहरु रहेको शाहीले बताए । मतदाताहरुले पनि आफ्नै गाउँ ठाउँको उम्मेदवार पाएपछि कस्लाई भोट हाल्नेहोला भन्ने दोधारबाट मुक्त भएको बताएका छन् । यसपलि पश्चिमका सवै मतदाताहरु गठबन्धनका उम्मेदवार शाहीलाई ढुक्कले भोट हाल्ने सोचमा रहेको छेडागाड नगरपालिका ६ का तिथरार्ज न्यौपानेले भने । मतदाताहरु भन्छन् विगतमा जिताएका संसदहरुले आस्वासन मात्रै देखाए, काम गरेनन् त्यसैले अब आफ्नै गाउँ ठाउँको उम्मेदवारलाई जिताउछौ तपाँई ढुक्क भएहुन्छ ।  मतदाताहरुलेनै यस्तो भनेपछि शाहीको लोकप्रियता पश्चिममा बढिरहेको सजिलै बुझ्न सकिन्छ ।

                                                                                      मतदाताको घरदैलोमा शाही

राजनीतिको लागि राजनीति भन्दा पनि विकास र परिवर्तनको लागि राजनीति गरीरहेको छु त्यसैले यो क्षेत्रका जनताले आफुलाई ढुक्कले मत हाल्ने विश्वास लिएको छु शाहीले भने । कम बोल्ने र बोलेको काम पुरा गर्ने मेरो स्वभाव यहाँका जनताले राम्रो सँग बुझेका छन् उनले थपे । यति वेला यस क्षेत्रमा बाम गठबन्धनबाट कारविर शाही र काँग्रेसबाट पार्टि सभापति दिपक जंग शाह चुनावी प्रतिस्प्रधामा छन् । गठबन्धनका शाही शिवालय गाउँपालिका ७, भिउसका स्थानिय भएकोले मतदाताहरुको प्रमुख रोजाइमा परेका छन् । स्थानिय भएकोले स्वभावैले उनि मतदाताको प्रमुख रोजाइमा परेका हुन् । यता काँग्रेसका शाह भने जिल्ला सदरमुकाम खलंगाका हुन । यो क्षेत्र बाम गठबन्धनको बर्चस्व भएको क्षेत्र भएकोले उन्लाई चुनाव जित्नु फलामको चिउरा चपाउनु सरह हुनेछ । स्थानिय तहको मत परिनामलाई हेर्ने हो भने पनि उ एमाले भन्दा पछाडि छ ।

छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनिचाँदे गाउँपालीका र कुशे गाउँपालिकका वडा नम्वर १,२,३ र ४ सम्मिलित क्षेत्र नंम्बर २ मा एमाले १० हजार ५ सय ३६ मतका साथ पहिलो छ । त्यहाँ ९ हजार १ सय २६ मतका साथ दोस्रो स्थानमा छ । र माओवादी केन्द्र ७ हजार १३ मतका साथ तेस्रो स्थानमा छ । बाम गठबन्धनमा सामेल एमाले र माओवादी केन्द्रको मत जेड्दा १७ हजार ५ सय ४९ मत हुने भएकोले जित लगभग पक्का जस्तो छ । यो स्थानिय तहको चुनावको मत परिणाम हो । यसपछि करिव २ हजार मतदाता यस क्षेत्रमा थपिएका छन् । त्यो मत सवै काँग्रेसका उम्मेदवार शाहलाई गए पनि यस्ले बाम गठबन्धलाई खासै असर पार्ने देखिदैन । यस क्षेत्रमा अन्य दलहरुको प्रभाव न्युन छ ।


ताजा समाचार