Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

८ बर्ष बितिसक्दा जुनिचाँदेमा सिचाइ कुलो जिर्ण

रेशम बहादुर खड्का
जाजरकोट, २२ कार्तिक । जाजरकोट को जुनिचाँदे गाउँपालिका वडा न ४ मा डाडापुरि सिचाइ कुलो जिर्ण भहेको छ ।

आर्थिक बर्ष २०६६ साल नेपाल स्वास्थ्यको आर्थिक सहयोग र पहाडी क्षेत्र बिकास अभियान जाजरकोटको आयोजनामा समपन्न भएको करिब १ वर्ष सम्म सुचारू भएको र वर्षायामको बाढीले बिच बिचमा खाेलाले बगाएपछि सिचाइ योजना जिर्ण भएको उपभोक्ता समितिका अध्यक्ष फुरे खड्काले जानकारी दिए ।

६५ हेक्टर जग्गामा सिचाइ को लागि काम सम्पन्न भएको रु २८ लाख लागतमा निर्मित ४ किलो मिटर सिचाइ आयोजना बाट ८० घर धुरि लाभान्वित भयका थिए हाल ८ बर्ष देखि जिर्ण अबस्थामा रहेको अध्यक्ष खड्का बताए ।
आयोजनाको लागि साबिकका गाविस परिषदमा र हाल गाँउपालिकामा कुरा उठाउदै आएता पनि समस्याको समधान भने नभएको सचिव शेर बहादुर खड्काले बताए । हाल सम्म सरकारी तथा गैरसरकारी सास्थाको ध्यान समेत नगएको र थोरै लगानी गर्ने निकाय भए थोरै लगानिमा काम सम्पन्न गर्ने सकिने स्थानीय प्रेम बहादुर खड्काले बताए ।
उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर के.सि ले सम्बन्धीत निकाय सँग संमोनय गरि उक्त सिचाइ सञ्चालनमा ल्याउने प्रतिबधता ब्यक्त गरेका छन राज्य कोषको नाममा रकमको दुरूपयोग भएकोले काम गुणस्तरिय नभएकोले निर्माण सम्पन्न बर्षामा उक्त कुलो जिर्ण भएको समेत अध्यक्ष केसिले बताए । पानी सिचाइ को अभावका कारण तरकारि गँहु, आलु, तोरि लगाएत आदि खाद्यान्न बालि कम मात्रा मा फल्ने र यँहाका किसान लाई बिउ समेत जोगाउन गार्हाे हुने स्थानिय खड्का जानकारी दिए ।


ताजा समाचार