Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

मध्यपश्चिम क्रिकेट क्लबकाे यु–१४ टिम घोषणा

 

कोहलपुर । मध्यपश्चिम क्रिकेट क्लब काेेहलपुरले यु–१४ टिम घोषणा गरेको छ ।

कात्तिक २५ गते हुने यु–१४ बुम रेमिट कप लागि अनुराग ओलीको कम्प्तानीमा मंगलबार टिमको घोषणा गरेको हो ।

अन्य सदस्यहरूमा उपकप्तान दिलिप सुनार, अशोक रावल, रोहित सापकोटा, अनुप अधिकारी, आयुष्मान बस्नेत, मौसम श्रेष्ठ, रोहण केसी, अरुण हरिजन, विकास कुमाल, करण यादव, प्रिन्स गुरुङ, निखिल रावल र प्रकाश बोहरा रहेको प्रशिक्षक नितेश बिष्टले जानकारी दिए ।

तीनवटा खेल हुने सिरिजमा माछागढ, कालिका र मध्यपश्चिम क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन् । मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिता कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।


ताजा समाचार