Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

राष्ट्रिय मानब अधिकार आयोगकाेे अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाँके, २१ कात्तिक । राष्ट्रिय मानब अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगन्जमा सरोकारवाला निकायहरू संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिनिधी र प्रदेश सभाको चुनाब नजिकीदै गर्दा मानब अधिकार हननका घटनालाई न्यूनिकरणका कसरी गर्न सकिन्छ भन्ने बिषयमा सो अन्तरक्रिया कार्यक्रम गरिएको हो । स्थानिय तहको चुनाबमा भएका बिभिन्न मानब आधिकारका घटनालाई मध्यनजर गर्दै अब हुने संघ र प्रदेश चुनावमा त्यस्ता खाले घटना दोहोरिन नदिनका लागी आयोगले राय संकलन गरेको छ । बाँकेमा रहेका पत्रकार, वकिल र सरोकारवाला निकायहरु संगको छलफलमा आएका गुनासा र कमिकमजोरीलाई आयोगका आयूक्त सुदिप पाठकले अबको चुनाबमा आयोगले निर्बाचन कार्यालय र सम्बन्धित निकायहरुलाई घच्घचाउने कार्य गर्ने बताउनु भयो । निर्बाचनका बेला खटिएका पर्यबेक्षकहरुले कुनै पनि खालका प्रचार प्रसारात्मक कार्यहरु गरेको ठहरीयमा जो कसैले पनि निर्बाचन कार्यालय खबर गर्न सक्ने बताउनु भयो । पर्यबेक्षकका कारणले कुनै पनि राजनितिक दलह्ररु्रमा मर्यादित भाषाको प्रयोग होस, कुनै बिबादहरु नआउन, प्रचार प्रसारमा जाने हरुलाई कुनै पनि थ्रेट नहोस मतदानका दिन मतदाताहरु भय मुक्त भएर जाने वाताबरण सिर्जना गर्ने ,काम पर्यबेक्षकहरुको भएको बताउनु भयो ।

मानब अधिकार आयोगको काम भनेको कुनै पनि ठाउमा केहि घटना घटेको खण्डमा थ्रेट बढ्ने भएकाले मतदाताहरु जादैनन र त्यसैले आयोगको काम भनेको मतदाताको पक्षमा हो । मतदाताको पक्षमा भन्दैमा होहल्ला गर्ने नभएर सामाग्रहरु बनाएर निर्बाचन आयोगलाई आचारसंहिताको बारेमा मतदाता भए मुक्त भएर मतदान गर्न जाने बाताबरण बनाउ र सुरक्षा निकायलाई आफ्ना कुराहरु भन्ने काम राष्ट्रिय मानब अधिकार आयोग को रहेको पाठकले बताउनु भयो ।

कार्याक्रममा निर्बाचनका बेलामा बृद्धा, अपाङ्गहरु्रलाई सरल र सहज बाताबरणको सिर्जना कसरी गर्न सकिन्छ त्यो बारेमा पनि राष्ट्रिय मानब अधिकार आयोग लागी रहेको आयूक्तले बताउनु भयो । अहिलेको निर्बाचनमा मतदातालाई मतदान शिक्षा अझ प्रभाबकारी बनाउन् सबैल आआफ्नो ठाउबाट सक्दो सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो ।


ताजा समाचार