Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

पार्टी एकताको विकल्प छैन : महरा


रबिन्द्र सिँह ठकुरी
बाँके, २१ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता एवं मन्त्री कृष्णबहादुर महराले बाम गठबन्धनका कारण नेपाली काँग्रेस अत्तालिएकाे बताएका छन् । उनले नेकपा एमाले तथा नेकपा माओवदी केन्द्रका नेता कार्यकर्तालाई निर्वाचनमा कटिबद्ध भएर लाग्न निर्देशन दिँदै निर्वाचन भाँड्नका लागि आन्र्तरिक तथा बाह्य शक्ति केन्द्रहरु लागिपरेको बताएका छन् ।

नेपालगन्जमा संयुक्त बामगठबन्धन भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मजबुत पार्टी एकताका लागि जनताहरु अघि बढिसकेकाले आन्तरिक एकता कायम गरी अघि बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरे । मन्त्री महराले बैदेशिक एकताले देशको विकास नहुने भन्दै अब आन्र्तरिक एकताबाट मात्रै देश बिकास गर्नु पर्ने बताए ।
उनले भने, ‘हामी आन्र्तरिक एकता कायम गरी अघि बढेका छौँ । राज्यसत्तामा पहुँच बढाउँदै समाजवादको यात्रा पुरा गर्ने दिशामा अघि बढ्नका लागि बाम एकता गरिएको र यसलाई पार्टी एकिकरणको दिशामै लैजान हामी लागिपरेका छौँ । मन्त्री महराले मुलुकको विकासका लागि स्थीर सरकार, आर्थिक वृद्धि र बैदेशिक हस्तक्षेपको अन्त्यका लागि पनि पार्टी एकताको विकल्प नभएको बताए ।

‘जनताका अपेक्षालाई सम्बोधन गर्नका निम्ति अहिले बाम गठबन्धन गरिएको र यसलाई एकीकरणको दिशामा लैजाने अभ्यासका रुपमा हामी अघि बढिरहेका छौँ,’ मन्त्री महराले भने, ‘पार्टीभित्र र दुई पार्टीका बीचमा रहेका मतभेदहरुलाई हटाउँदै निर्वाचनको महाअभियानलाई सार्थक बनाउन केन्द्रदेखि गाउँस्तरसम्म एकता कायम गरेका छौँ । उनले नेपालमा अब दुई पार्टीबीच मात्रै प्रतिश्पर्धा रहेको पनि बताए ।


ताजा समाचार