गजल- एउटा लामो यात्रामा निस्किएपछी
१)
चराहरुको हुल बथान देखेर ।
आजित छ मजदुर सान देखेर ।।
भ्यागुताहरुले पानी पारिदिएपछी,
रिसाउछ इन्द्र पनि किसान देखेर ।
किन मन दुख्दैन यो सरकारको,
खादिमा यी हाम्रा जवान देखेर ।
एउटि आमा बिलौना गर्दिछन,
छोरा सङगैका अरु सन्तान देखेर ।
आमाले बुवाको शत्रु बताइन,
सानो कागज को ठेगाना देखेर ।।
२)
एउटा लामो यात्रामा निस्किएपछी ।
अलपत्र माहुरी राणा निस्किएपछी ।।
म जित बोकेर अबश्य पनि आउछु,
निशाचर रात्रि जमाना निस्किएपछि ।
एउटा मजदुर अति खुसी थियो,
पत्रीकामाछोराठेगाना निस्किएपछि ।
यो कस्तो नातक मन्चन गरियो,
बेचैनी बध्यो जात्रामा निस्किएपछि ।
– प्रकाश स्वर्गवासी
– भेरी नगरपालिका ५, जाजरकोट