Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

स्वच्छता परीयोजना कार्यान्वयनको लागि २१ स्वास्थ्य सँस्था छनोट

जाजरकोट । स्वच्छता परीयोजना कार्यान्वयनको लागि जाजरकोटमा २१ वटा स्वास्थ्य सँस्था छनोट गरिएको छ । जिल्लाका ३४ वटा स्वास्थ्य सँस्थाको अवस्था मापन गरि परियोजना कार्यान्वयनको लागि २१ वटालाई छनोट गरिएको हो ।

सरसफाई लाई स्वास्थ्य सेवा सँग सम्मिलित गरि समुदायको स्वास्थ्य अवस्थामा सुधार गर्ने मुख्य उद्देश्यका साथ जिल्लामा यो कार्यक्रम सँचालन गरिएको छ । छनोट भएका यीनै स्वास्थ्य सँस्थावाट सरसफाई र स्वास्थ्य संबन्धि विभिन्न कार्यक्रम संचालन गरिने यरियोजनाका जाजरकोट संयोजक रविन्द्र विक्रम शाहीले जनाए ।

अमेरीकी सहयोग नियोगको आर्थिक सहयोग तथा एस्.एन.भी नेपाल र पीएस.आई नेपालद्धारा संचालित कार्यक्रम सन् २०२१ सम्मा जिल्लामा संचालन हुने भएको छ ।
परियोजना कार्यन्वयनको लागि छनोट भएका स्वास्थ्य सँस्थाहरु ः


ताजा समाचार