Loading... आजः बुधबार, कार्तिक ५, २०७७

पुर्व राष्ट्रपतिले घरभाडा तिरेनन्, १५ दिन भित्र घर छाडिदिन निकाले घरधनीले सुचना

काठमाडौं । पुर्वा राष्ट्रपति डा. रामवराण यादवालई १५ दिन भित्र घर छाड्न घरधनिले सुचना प्रकाशित गरेका छन् । ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको सरकारी भाडाको घरमा बस्दै आउनु भएका राष्ट्रपति यादवालई घर धनीले यस्तो सुचना प्रकाशित गरेका हुन् ।

सोमवारको एक दैनिक पत्रिकामा घरधनी रविभक्त विष्टले १५ दिनभित्र घर छाड्न आग्रह गर्दै सुचना प्रकाशित गरेका हुन् । विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका छन् । विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।

यादनव २०७२ साल कात्तिक २ गतेदेखि सो घरमा बस्दै आएका छन् । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ । विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गरेका छन् ।


ताजा समाचार