Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

काठमाडौंबाट जाजरकोटका लागि छुटेको बस बाँकेमा दुर्घटना

जाजरकोट, २० कात्तिक । बाँकेको अगैया नजिक बस दुर्घटना हुदाँ ५ जना गम्भीर सहित १३ जना घाइते भएका छन् ।

काठमाडौं देखि जाजरकोटका लागि छुटेको ना ६ ख ४०२ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय काेहलपुरले जनाएको छ।

घाइतेहरुको उद्वार गरी केेहीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाएको र दुर्घटनाको कारण खुल्न नसकेकाे इलाका प्रहरी कार्यालय काेहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।

बसका चालक र सह–चालक भने फरार रहेका छन् ।


ताजा समाचार