Loading... आजः शुक्रबार, असार ४, २०७८

ढुङ्गयानि सिंचाई आयोजनाबाट स्थानीय लाभान्वित

बिनोद कुमार घर्ती
जाजरकोट, २० कार्तिक । जाजरकोटको जुनिचाँदे ४ लुहादहमा रहेको ढुङ्गयानि सिंचाई आयोजनाबाट १५० वटा घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपाल सरकार र सुजरल्याण्ड सरकारको आर्थिक सहयोग र साना सिंचाई आयोजना आयोजनाबाट सम्पन्न भएको थियो ।

बिगत लामो समय यता उक्त क्षेत्रमा सिंचाई पानी नहुँदा दैनिक उपभोगमा समस्या देखिएको स्थानीय नागरीक अगुवा सिंह बहादुर खड्काले बताए ।

खड्काको अनुसार जुनिचाँदे ४ लुहादहमा सुख्खा याममा खेतियोग्य जमिन सिंचाई नहुँदा बाँझो रहने र खेती पनि खासै नफल्ने भएकोले हाल उक्त कार्यक्रमबाट उपलब्धी जनक काम गरेकोमा धन्यबाद दिए ।

बि.स. २०७२ साल फागुन २७ गतेदेखि सुरु भएको आयोजनाको काम हाल १६०० मिटर काम सम्पन्न भएको छ । साना सिंचाई आयोजना जाजरकोटबाट २०७२ साल फागुनमा ३६ लाख आर्थिक सहयोग र ६ लाख श्रमदानको लागि ढुङ्गयानीदेखि खुतसम्म सिंचाई आयोजना उपभोक्ता समितिले सम्झौता गरी काम सम्पन्न गरेको साना सिंचाइ आयोजना जाजरकोटका फिल्ड प्राबिधिक धन बहादुर बस्नेतले बताए । उनको भनाई अनुसार स्टामेटमा लिखित पारित गरिएको काम सम्पन्न भएको र केही गाउँमा आफु ब्यक्तिगत कामकाजले गाउलेहरुको लापरबाहिका कारण अलिकाम लम्बिएता पनि हाल स्टामेट अनुसार काम सम्पन्न गरेकोमा धन्यबाद ब्यक्त दिए ।

उता ढुङ्गयानीदेखि खुतसम्म सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष मोतिलाल ओलीले सम्झौता अनुसार काम सम्पन्न भएको र उक्त आयोजनाबाट स्थानीय खुसी रहेको उल्लेख गरेका छन् ।

हाल सिंचाई परियोजनाबाट लाभान्वित स्थानीयहरुले घरमा उपयोग गर्ने आलु, गोपी, गोलभेडा लगायतका तरकारी प्रसस्त फलाएका छन् ।


ताजा समाचार