Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

कोमल ओलिको उम्मेदवारी फिर्ता

कात्तिक १९, दाङ । वाम गठबन्धनकाविरुद्ध उम्मेदवारी दिनुभएकी कोमल वलीले उम्मेदवारी फिर्ता लिएकी छिन ।भर्खरै राप्रपा छोडेर एमाले प्रवेश गरेकी वलीले वाम गठबन्धनको आधिकारीक उम्मेदवार हिरा चन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकि हुन ।

तुल्सीपुरमा एमाले नेता शंकर पोख्रेल, उम्मेदवार हिराचन्द्र केसी र जिल्ला अध्यक्ष टिकाराम खड्काको उपस्थितीमा पत्रकार सम्मेलन गरी वलीले उमेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

गायिका वलीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका विरुद्ध उम्मेदवारी दिएकि थिइन् । त्यस्तै माओवादी केन्द्रका कुवेर वलीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

माओवादीका पोलिटब्यूरो सदस्य एंव पूर्वसभासद कुवेर वलीले क्षेत्र नं ३ (क) बाट प्रदेश सभा सदस्यका लागि उमेदवारी दर्ता गराएका थिए । कुवेर वलीले पनि आजै उमेदवारी फिर्ता लिएको बताएका छन ।


ताजा समाचार