Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

लोकतान्त्रिक समाजबाद सहितको सम्वृद्धि बामपन्थी हरुको गन्तब्य – अधिकारि

 
कास्की । नेकपा एमालेका युवा नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार रविन्द्र अधिकारीले लोकतान्त्रिक समाजबाद सहितको सम्वृद्धि बामपन्थी हरुको गन्तब्य भएको बताएका छन् । नेपाली कांग्रेस र उसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धन राजनीतिक उपलब्धीबाट पछि हट्न खोजेको उनको आरोप छ । कास्की क्षेत्र नम्बर २ को बाम गठबन्धनको शनिबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै अधिकारीले पुँजीवादी मान्ने कांग्रेस र उसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन देशमा प्राप्त उपलब्धी जोगाउनु भन्दा त्यसलाई ध्वस्त पार्न लागिपरेको आरोप लगाएका हुन् । काग्रेस र उसको नेतृत्वको लोकतान्त्रिक गठबन्धन दक्षिणपन्थी भएको आरोप लगाउँदै उनले भने,‘पुँजीवादी मान्ने कांग्रेस र उसको नेतृत्वको लोकतान्त्रिक गठबन्धन गणतन्त्र हैन राजतन्त्र ब्यूँताउन खोज्दैछ, धर्म निरपेक्ष हैन हिन्दु राज्य फर्काउन खोज्दैछ अनि अग्रगामी बन्ने हैन पश्चगामीतर्फ फर्कदै दक्षिणपन्थी तिर फर्कदैछ ।’

नेता अधिकारीले नेपालमा बाम गठबन्धन बनेपछि कम्युनिष्टहरुको समाजवादी लोकतन्त्र र कांग्रेससहितको पुँजीवादी प्रजातन्त्रबीच स्पष्ट रुपमा ध्रुविकरण भएको बताए । समाजवाद भन्ने वित्तिकै कांग्रेस आत्तिएको टिप्पणी गर्दै उनले समाजवादी लोकतन्त्र र पुँजीवादी प्रजातन्त्र बिच स्वच्छ प्रतिष्पर्धा गर्नुपर्ने भन्दै त्यसबाट नआत्तिन कांग्रेसलाई आग्रह गरे । उनले लोकतन्त्रसहितको समाजवाद बनाउन चाहेकाले जनतामा भ्रम नपारिदिन कांग्रेसलाई उनले आग्रहसमेत गरे । कुनैपनि दलको स्पष्ट बहुमत नहुँदा सरकारमा गएपछि कम्युनिष्टले समृद्ध नेपाल बनाउने नीति, योजना र काम गर्न खोज्दा कांग्रेसले भाँजो हाल्ने र सरकार गिराईहाल्ने गरेकाले स्थिरता ल्याउँदै समृद्धी र समाजवादमा पुग्न बाम गठबन्धन गरिएको उल्लेख गरे ।

अधिकारीले बाम गठबन्धन हुँदै कम्युनिष्ट केन्द्र बनाएर जनताको मतबाट दशकौंसम्म सरकारमा रहने, समृद्धी ल्याउने र समाजवादमा पुग्ने उद्घोष गरे । समाजवादमा पनि लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धा रहने बताउँदै उनले भने,‘जनताको मतबाटै समाजवादमा जान्छौं, देशलाई समृद्ध बनाउँछौं, यसमा कोहि बाधक बन्न आउँछ भने त्यो बाधा भत्काएर भएपनि यस चुनावबाट दुई तिहाई ल्याएर समाजवादमा पुग्छौं, पुग्छौं ।’ नेपालमा बाम गठबन्धन बनेपछि संसारका सबै बुर्जुवाहरु आश्चर्यचकित भएको र अब समाजवाद हुँदै देश समृद्ध बन्दा छक्क पर्ने बताए ।

अधिकारीले बाम गठबन्धनको बलमा कांग्रेस हेन अस्थिरतालाई फाल्न खोजेको बताउँदै भने,‘हामीले राजालाई जसरी कांग्रेसलाई फाल्न खोजेका हैनौं, बरु अस्थिरता फाल्न खोजेका हौं ।’ उनले प्रतिष्पर्धाको शुरुवातमै कांग्रेसले वाकओभर दिन खोजेजस्तो गरेर बाम गठबन्धनलाई अधिनायकवादी भन्ने आरोप लगाउँदै रोइकराई र छटपटाहट देखाएको टिप्पणी गरे ।

अधिकारीले कांग्रेसले शिक्षामा ब्यापारीकरण गरिरहेको तर दोष भने अरुलाई लगाउने गरेको बताउँदै उनले भने,‘कांग्रेसले शिक्षालाई ब्यापारीकरण गरिरहेको छ, तर चिकित्सा क्षेत्रको शैक्षिक माफिया बिरुद्ध डा.गोविन्द केसीले आवाज उठाउँदा कांग्रेसले झण्डा उठाउँछ, यो हास्यास्पद लाग्छ ।’ उनले बाम गठबन्धनले बहुमत ल्याएर स्थिर सरकारमार्फत समाजवाद ल्याएपछि देशबाट गरिबी अन्त्य हुने दाबी गरे ।


ताजा समाचार