Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

‘दुर्गमको पिडा’ उम्मेद्वार नचिनेरै भोट हाल्नु पर्ने बाध्यता

 बाम गठबन्धनको चुनाबी प्रचार प्रसार अन्तर्गत घरदैलो कायक्रम सिर्के   

जाजरकाेट । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्बाचनका लागि शहर र सुबिधा सम्पन्न ठाउँमा चुनाबी सरगर्भि निकै बढेको छ । गाउँ टोलमा दलका नेता कार्यकर्ता र उम्मेद्वार पालैपच्छिे पुग्ने गर्दछन । तर जाजरकोटका दुर्गम गाउँमा भने जनताले उम्मेद्वारको अनुहार नै नदेखेर मत हाल्नु पर्ने बाध्यता छ । भौगोलिक बिकटता र यातायात असुबिधाको कारण मतदाताले उम्मेद्वारको अनुहार नै नदेखेर मत हाल्नु पर्ने बाध्यता भएको हो । चुनाबको मिति नजिकिदै गर्दा दलहरुले केही ठाउँमा चुनाबी सभा र घर दैलो कार्यक्रम गरे पनि दुर्गममा गाउँमा भने चुनाबको चहलपहल नै छैन ।

कताकता कार्यक्रम हुन्छन रे तर हाम्रो ठाँउमा त नेताको अनुहार कसैले देख्न पाएका छैनन बारेकोट गाउँपालिका ३ का रामबहादुर रोकायले टेलिफोनमा भने । मान्छे पहिलेदेखि नै आ आफ्ना पार्टीमा लागेर बसेका छन भोट पनि त्यसरी नै हाल्छन तर नेताको कुरा सुन्न र अनुहार देख्न नपाउदा दुःख लाग्छ उनले भने । सबै मतदातासंग गाउँ स्तरका कार्यकर्ताले नै नेताको प्रशंसा गरेर मत माग्ने दुर्गमको चुनाबी प्रचार प्रसारको शैली हो स्थानीय शिक्षक भुमिलाल रोकायले बताए । चुनाबमा जनताले समस्या देखाउने र नेताले आश्वासन दिने पुरानो परम्परा हो । तर दुर्गम गाउँमा भने यहि परम्पराको पनि निरन्तरता छैन ।

अरुबेला नेता देख्ने र भेट्ने कुरै भएन चुनाबमा भेटेर गाउँका समस्या राख्ने हो त्यो पनि अबसर जुट्दैन छेडागाड नगरपालिका ७ टिकाचौरका यामलाल पुनले  भने । हाम्रो बस्तीका मतदाताले चुनाबमा नेतासंग अंकमाल गरेर रमाउदै भोट हाल्ने दिन कहिले आउलान पुनले प्रश्न गरे । चुनाब आउन थोरै समय छ पार्टी र उम्मेद्वारको नाम सुनिन्छ तर उम्मेद्वारसंग भेट हुने छाँट छैन जुनिचाँदे गाउँपालिका ७ जुर्कका रामकृष्ण घर्तिले गुनासो गरे । गाउँका विकास गर्न अनुरोध गर्न नपाई भोट हाल्नु पर्ने बाध्यता हाम्रो कहिले हट्ला घर्तिले थपे । तिन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटका अधिंकास ठाउँमा चुनाबी प्रचार प्रसारमा समेत राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेद्वार पुग्ने अबस्था छैन । अप्ठेरो भुगोल र यातायात असुबिधाका कारण सबै मतदातासंग भेट्ने चाहाना पुरा नहुने बाम गठबन्दनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार माओबादी केन्द्रका शक्तिबहादुर बस्नेतले बताए ।

सबै मतदातको भावना बुझ्न सकियोस भन्ने हो तर बाध्यता छ त्यो संभब छैन उनले भने । तर सबै जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्ने मेरो प्रतिबद्धता हो बस्नेतले भने । त्यस्तै चाहेर पनि सबै ठाउँमा पुग्न संभब नभएको नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार राजिब बिक्रिम शाहले बताए । म सबै ठाउँमा पुग्न नसके पनि कार्यकर्ता परिचालन गरेको छु शाहले भने । मंसिर १० मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका निर्बाचनमा मुख्य त बाम गठबन्दन र लोकतान्त्रिक गठबन्दनको प्रतिस्पर्धा देखिएको छ । स्थानीय तहको निर्बाचनको दलहरुले प्राप्त गरेको मतका आधारमा बाम गठबन्धन बलियो देखिएको छ । ७ वटा स्थानीय तह मध्य ५ वटामा बाम गठबन्धनले जितेको छ भने २ वटमा मात्र नेपाली काँग्रसले जितेको छ ।

प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट राजनैतिक हिसावले राष्ट्रिय छवि वनाएका पुर्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिवहादुर वस्नेत र लोकतान्त्रिक गठबन्धनका तर्फबाट समाज सेवा गरेर चर्चा कमाएका राजीव विक्रम शाह चुनाबी मैदानमा छन । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा जाजरकोटको निर्वाचन क्षेत्र नम्वर १वाट निर्वाचित भएका शक्ति र क्षेत्र नम्वर २ वाट निर्वाचित भएका राजीव अहिले एउटै क्षेत्रमा एक अर्काको प्रतिष्पर्धी भएका छन् ।

त्यस्तै नयाँ शक्ति नेपालका शेरबहादुर शाही, संघिय समाजबादी फोरका रतनबहादुर बोहरा र एकिकृत राष्टबादीका राप्रपाका युद्धबिर सिंह पनि चुनाबी मैदानमा छन । चुनावी जोडघटाउको हिसाव गर्दा गत स्थानीय निर्वाचनमा एमालेले २० हजार ६ सय मत ल्याएर पहिलो भएको छ भने काँग्रेसले १८ हजार ४ सय ३९ मत ल्याएर दोस्रो भएको छ । त्यस्तै माओवादीले १७ हजार ४ सय ६१ मत ल्याएको छ । प्रदेश सभा तर्फ बाम गठबन्धनबाट प्रदेश (क) मा माओबादी केन्द्रका गणेश प्रसाद सिंह र (ख) नेकपा एमाले करबीर शाही , लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश (क) बेदराज सिंह र प्र्रदेश (ख) मा दिपक जंग शाह प्रतिस्पर्धामा छन । नयाँ शक्ति नेपालबाट प्रदेश (क) भक्तबहादुर शाह प्रदेश (ख) मा महेन्द्र प्रसाद शर्मा प्रतिस्पर्धामा छन । एकिकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रबादीका प्रदेश (क) टेकबहादुर खड्का, नेकपा माक्र्सबादीका तर्फबाट प्रदेश (ख) जनक चलाउने, संघिय समाजबादी फोरमको तर्फबाट प्रदेश (क) मा रामप्रसाद पौडेल प्रतिस्पर्धामा छन ।


ताजा समाचार