Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुदै, चिन्ह पनि प्रदान गरिने


काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै छ । नामावली प्रकाशन सँगै उम्मेदवारलाई निर्वाचन चिन्ह पनि आजै प्रदान गर्ने भएको छ । आफ्नो उम्मेदवरी फिर्ता लिन चाहाने उम्मेदवारले दिउँसो दुई बजे सम्मा फिर्ता लिने समय आयोगले तोकेको छ भने त्यसपछि मात्र अन्तिम नामावली प्रकाशन गरीने आयोगले जनाएको छ ।

यस्तै १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र ३ देखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी भएको आयोगको भनाई छ । शनिबार उम्मेदवारविरुद्ध परेको दाबी विरोधमा अनुसन्धान गरेको आयोगले आज उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशन गरीचुनाव चिन्ह दिन लागेको हो ।

आयोगमा परेको १० उजुरी मध्य दाबी विरोधको पुष्टि भएकाले ६ जना उम्मेदवारी खारेज गरिएको र ४ जना विरुद्ध परेको उजुरी खारेज गरिएको आयोगले जनाएको छ ।


ताजा समाचार