Loading... आजः शनिबार, अशोज २, २०७८

ओप्पोले ल्यायो `एफ ५´ स्मार्टफोन

नयाँदिल्ली । ओप्पो स्मार्टफोनले ‘ओप्पो एफ ५’ नामक नयाँ फ्ल्यागसिप स्मार्टफोन सार्वजनिक  गरेको छ ।

भारतमा सार्वजनिक गरेको उक्त स्मार्टफोनले ६ इन्चको फुल एचडी डिस्प्लेसहितको डिजाइनमा निकै आर्कषक र सफ्टवेयरमा निकै सुधार गरेकाे छ । यो अाेप्पाे फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा दिएको छ, जसमा सेल्फी ब्युटिफिकेसन र सेल्फी आर्टिफिसियल इन्टलिजेन्सको समेत सुविधा छ ।

गत वर्ष सार्वजनिक गरिएको एफ ३ को पछिल्लो संस्करणका रुपमा आएको एफ ५ मा डिजाइनमा निकै सुधार गरिएको छ भने सफ्टवेयर र क्यामेरामा पनि निकै सुविधा थप गरिएको छ । यसको पछाडिपट्टीको क्यामेरा १६ मेगापिक्सेल रहेको छ ।

६ जीबी र्‍याम र ६४ जीबी स्टोरेजको एउटा भेरियन्ट तथा ४ जीबी र्‍याम र ३२ जीबी स्टोरेजको अर्को भेरियन्ट गरी दुई भेरियन्टमा यो फोन उपलब्ध छ ।

एन्ड्रोइड नौगाट अपरेटिङ सिस्टमबाट चल्ने यो फोनमा ३२०० मिलि एम्पियरको निकाल्न नमिल्ने ब्याट्री प्रयोग गरिएको छ । मेटल युनिबडीयुक्त ओप्पो एफ ५ कालो र रातो गरी दुई रंगमा उपलब्ध छ ।

यो फोन नेपालमा कात्तिकको अन्तिममा सार्वजनिक हुने बताइएको छ ।


ताजा समाचार