Loading... आजः बिहिबार, मंसिर ९, २०७८

मध्य-पश्चिम क्रिकेट क्लबलाई क्रिकेट शृङ्खला

काेहलपुर । डिएसपी रकर्स नेपालगन्ज संगकाे तेस्रो खेलमा ३५ रनकाे विजयी प्राप्त गर्दै मध्य-पश्चिम क्रिकेट क्लब काेेहलपुुरले शृङ्खला ३-० ले कब्जा गरेको छ ।

यु-१९ टि-२० शृङ्खला अन्तरगत शनिबार सम्पन्न अन्तिम खेलमा डिएसपी रकर्स विरूद्ध टस जितेर पहिला ब्याटिङ गरेकाे मध्य पश्चिमले १५ अाेभरमा छाेट्याईएकाे खेलमा ५ विकेट गुमाएर १ सय १५ रन बनायाे । जसका लागि विनायक गिरिले अविजित ५६ रन बनाएका थिए ।

११६ रनकाे विजयी लक्ष्य पाएर मैदान उत्रिएको रकर्सले १० विकेट गुमाएर ८० रन मात्र बनाउन सक्याे जसमा अजय सहानिले ३७ रन बनाए ।

उक्त खेलकाे म्यान अफ द म्याच मध्य पश्चिमका विनायक गिरि घाेषीत भए । त्यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान मध्य पश्चिमका नितेश विष्ट , उत्कृष्ट बलर लवकुश यादव घाेषित हुँदा इमर्जिङ खेलाडी मध्य पश्चिमकै विकास कुमाल घाेषित भए । उत्कृष्ट खेलाडीहरूले मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 


ताजा समाचार