Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

पत्रकार, साहित्यकार र बुद्दिजिविको भेला सम्पन्न


सरला सुबेदी
कोहलपुर,  कार्तिक १८ । संयुक्त वाम गठबन्धन बाँके क्षेत्र नं. १ समन्वय कमिटीले कोहलपुरमा पत्रकार, साहित्यकार र बुद्धिजीवीको संयुक्त भेला आज (शनिवार ) सम्पन्न गरेको छ ।

एमालेका सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक सुर्य ढकालको अध्यक्षतामा भएको भेलामा एमाले र माओवादी केन्द्रमा आस्था राख्ने शुभेच्छुक संगठनबीच संयुक्त भेला गरेको हो ।

उक्त भेलाले विभिन्न समिति/उपसमिति बनाएको छ । चुनावी प्रचारप्रसारलाई तीव्रता दिन र हरेक गतिविधि अपडेट गर्नका लागि सञ्चार डेस्कसमेत स्थापना गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले पत्रकार, साहित्यकार र बुद्धिजीवीको संयुक्त भेला गरिएको हो । वाम गठबन्धनका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभामा महेश्वर गहतराज(अथक), प्रदेशसभा क मा कृष्ण केसी( नमुना) र ख मा आरती पौडेल उम्मेदवार छन् ।

भेलामा नेकपा मावोबादी केन्द्रका तिलक परियार, पुर्णा सुबेदी, र नेकपा एमालेका प्रेम भुषाल,पुजन विस्वकर्मा लगाएतको उपस्थिती रहेको थियो ।


ताजा समाचार