Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

प्रचारमा रहेका उम्मेदवार बेहोस भएपछि हेलिकप्टर मार्फत काठमाडौं पुर्याइयो 


कात्तिक १७, रामेछाप। आगामी मंसिर १० गते हुन गइरहेको चुनावमा रामेछापको प्रदेशसभा (ख) बाट उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामवहादुर तामाङ बेहोस हुनुभएको छ ।

चुनाव प्रचारप्रसारको अभियान अन्तर्गत शुक्रबार सदरमुकाम मन्थली पुग्नुुभएका उम्मेदवार तामाङ अकस्मात बेहोस हुनुभएको हो । उहाँलाई स्थानीय रामेछाप सामुदायिक अस्पतालमा उपचारपछि पनि होस नखुलेपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको पार्टीका जिल्ला अध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो । उज्यालो अनलाइनमा समाचार छ ।

उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको पार्टीले जनाएको छ । ४३ वर्षका तामाङ केही दिनअघि मात्र चुनाव प्रचारप्रसारका सामाग्री र आवश्यक खर्च जुटाउन भन्दै काठमाडौं जानुभएको थियो ।
अस्पताल श्रोतका अनुसार तामाङलाई सामान्य ज्वरो आउनुको साथै शरीरभर खटिरा देखिएको छ ।


ताजा समाचार