Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

उम्मेदवारको विरुद्ध आज उजुरी दिन पाइने

कात्तिक १७, काठमाडौं । दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेशसभा चुनाव अन्तरगत शुक्रबार उम्मेदवारको विरुद्द उजुरी दिन पाइने छ । उजुरी दिन चाहानेले बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर दिनु पर्ने छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार शनिबार उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ ।
कात्तिक १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने सूची रहेको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणको चुनावअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता कार्य सम्पन्न भएको थियो । दोस्रो चरणको चुनाव आउँदो मंसिर २१ गते हुन गइरहेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । ती उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्य पदका लागि परेको हो ।

प्रतिनिधि सभातर्फ १ हजार ७ सय ४२ र प्रदेश सभातर्फ २ हजार ९ सय ६६ उम्मेदवारी दर्ता भएको छ । यसैगरी, प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी जम्मा ३ सय ३४ महिलाको उम्मेदवारी परेको छ ।


ताजा समाचार