Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

खेलअघि नै इभ्रालाई रातो कार्ड 

काठमाडौं, १७ कात्तिक  । फ्रान्सेली फुटबल क्लब मार्सेलीका डिफेन्डर प्याट्रिस इभ्राले दर्शकलाई दुव्र्यवहार गरेपछि युरोपा लिग अन्तरगत भिटोरियासँग गएरातीको खेल अघि नै रातो कार्ड पाएका छन् ।

बिरलै मात्र देखिने खेल अघिको रातो कार्ड, उनलाई आफ्नै समर्थकलाई लात्तले टाउकोमा हानेपाछि दिईएको थियो । वर्मअम चलिरहेका समय दर्शकले जिस्काएपछि आक्रोसित भएका इभ्राले टाउकोमै लाग्ने गरी लात्तले हानेका थिए । म्यानचेष्टर युनाईटेडका पूर्व खेलाडी इभ्रामाथि थप कारवाही सम्बन्धमा आज थप छलफल हुने बीबीसीले जनाएको छ ।

उनलाई ९ खेलसम्मको प्रतिवन्ध लाग्न सक्नेछ । खेल अघि नै रातो कार्ड पाएपनि ११ खेलाडि सहित मैदान उत्रिएको मार्सेली ८६ औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पोर्चुगलमा भएको खेल मार्सेलीले १–० ले गुमाएको थियो । यसैबीच, खराब समयबाट गुज्रिरहेको एभरटन युरोपा लिगबाट बाहिरिएको छ । गएराति लियोनको हातबाट ३–० ले पराजित भएपछि इंग्लिस प्रिमियर लिग क्लबले यो नियती भोगेको हो ।

लिगको रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको एभरटन व्यवस्थापकविहीन समेत रहेको छ । दुई खेल अगाडि नै प्रतियोतियोगिताबाट बाहिरिएको एभरटनले अहिलेसम्म खेलेका चार खेलबाट एक अंक मात्र बटुल्न सकेको छ । अर्को प्रिमियर लिग क्लब आर्सनलले भने नकआउट चरण पुग्न सफल रह्यो । घरमा रेड ग्रेड बेलग्रेडसंग गोलरहित बराबरी खेलेर एभरटनले यो उपलब्धी आत्मसात् गरेको हो ।


ताजा समाचार