Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

“डन” होइन “माननीय” भन्नुहोस


काठमाडौं । गुन्डा नाइके भनेर चिनिने दिपक मनाङे र गणेश लामा यतिबेला माननीय बन्न निकै ब्यस्त छन । दुबैले प्रेदेश सभा सदस्यको लागि उम्मेदवारी दिइसकेका छन । संघीय संरचना अनुसर चुनावी मैदानमा माननीय बन्ने दाउमा कम्मर कसेर लागेका छन । यी दुई डन उम्मेदवार भएपछि निकै चर्चा पनि भइरहेको छ ।

दुबै जना प्रहरीको सुचिमा प्रमुख गुन्डा नाइके हुन । तर अब गुन्डा नाइके होइन माननीय भनेर बोलाउने समय आउने बेला हुन थालेको छ ।
प्रहरीसँग २०६० यताको आपराधिक गतिविधिको सूचीमा मनाङे र लामाविरुद्ध दर्जन बढी रेकर्ड छन् । धम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए ।

अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा नाम दुवैको नाम अगाडि छ ।
मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा मनाङ (ख) बाट उम्मेदावर छन् । जित्ने दाबी गर्दै आएका छन । तेस्तै लामाले दोस्रो चरणको निर्वाचनका लागि बिहीबार काभ्रे–२ (ख) मा नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे ।

लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन् । २०५० पछि ठमेललाई आधार क्षेत्र बनाएर उपत्यका हुँदै नेपालभर आपराधिक जालो फैलाउन सक्रिय मनाङेको काँध चढेर काभ्रे खहरेपांगुका लामा आपराधिक गतिविधिमा प्रवेश गरेका थिए ।

होटलको बाउन्सर हुँदै लामाले मनाङेको मुख्य सहयोगीका रुपमा ठमेल क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै आपराधिक रेकर्डसँगै आर्थिक हैसियत बढाउँदै लगेका छन भन्ने आरोप छ । तर दुबैलाइ प्रहरीले बेलाबेला पक्राउ गरेर सामान्य सोधपुछ पछि छोड्दै आएको थियो । अब यी दुई डन मध्य को माननीय हुन्छ चुनाव पछि मात्र भन्नसकिन्छ ।


ताजा समाचार