Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

‘हेभी वेट’ भिडन्त को-को, कहाँ कहाँ ?

काठमाडौं । दोस्रो चरणमा आगामी २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश दलका शीर्ष नेताले बिहीबार उम्मेदववारी दर्ता गराएका छन् प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट मनोनयन दर्ता गराएका छन् ।

काठमाडौंमा रहेका उनले वारेसनामा पठाएर मनोनयन दर्ता गराएका हुन् । छत्र साउदकाअनुसार देउवाका प्रतिनिधिले चौथो नम्बरमा मनोनयन दर्ता गराएका छन् । उनको वारेसनामा लिएर उनका पूर्वस्वकीय सचिव गणेश पन्त कार्यकर्ताहरुको जुलुस लिई मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर देउवाको मनोनयन दर्ता गराएका हुन् ।

उनीविरुद्ध वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता खगराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ वाम गठबन्धनलाई कांग्रेसकै पूर्वजिल्ला सभापति शेरबहादुर ढाँटले समर्थन जनाएका छन् । उनी वाम गठबन्धनलाई समर्थन गर्दै जिल्लास्तरीय नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।

डडेल्धुरामा कांग्रेस सभापति देउवाविरुद्ध वाम गठबन्धनका उम्मेदवार भट्टसहित स्वतन्त्र रुपमा करणसिंह रावलले मनोनयन दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चा पार्टीका लालबहादुर जाग्री, थयार्थवादी पार्टीका लालबहादुर दमाई, नयाँ शक्तिका लक्ष्मीकान्त पनेरुलगायतले मनोनयन दर्ता गराएका छन् ।

यसपटक झापामा प्रनिधिसभा निर्वाचनमा झापाबाट हेभी वेट भिडन्त हुँदैछ । पाँच निर्वाचन क्षेत्र रहेको झापा–५ बाट एमाले अध्यक्ष केप शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार ओलीविरुद्ध झापामा कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

यसपटक चितवनको चुनावी माहोल गर्मिएको छ । चितवनबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मनोनयन दर्ता गराएका छन् । वाम गठबन्धनका तर्फबाट चितवन–३को उम्मेदवार बनेका दाहाल, गठबन्धनका तर्फबाट चितवन –१ का उम्मेदवार एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, चितवन–२ का उम्मेदवार एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलसहित एमाले र माओवादी केन्द्रका कार्यकर्तासहित मनोनयन दर्ता गराउन पुगेका थिए ।

स्रोत : जनता समाचार


ताजा समाचार