Loading... आजः बुधबार, कार्तिक १२, २०७७

किन दिएनन् रायणमान विजुक्छेले उम्मेदवारि ? यस्तो छ कारण 

कात्तिक १६, काठमाडौं । भक्तपुरमा एक छत्र राज गर्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यो पटक उम्मेदवारी दिएनन् ।

लगातार ५ पटक चुनाव जितेका विजुक्छे यो पटक किन उम्मेदवार नै बनेनन् भन्ने सर्बत्र चासोको बिषय बनेको छ । एमाले, काङ्ग्रेस, माओवादी जस्ता प्रमुख ठुला पार्टीलाई चुनाव बाट हराइरहेका उनले उम्मेदवारी नदिए पछि ठुला पार्टी चकित परेका छन ।

तर उनले उम्मेदवारी नदिनुको कारण भने नयाँ पुस्तालार्इ अवसर दिन अाफू चुनावमा नउठ्ने निर्णय रहेछ । युवा पुस्तामा राजनीति हस्तान्तरण गर्नु पर्ने बिजुक्छेको तर्क छ ।

उनि उम्मेदवार नभए पछि अब प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । दुबै निवर्तमान सांसद हुन् ।

प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् ।


ताजा समाचार