Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

कोरियामा रहेेका जाजरकोटी युवाले गरे मृगौला पिडितलाई सहयोग

  महेश थापा

जाजरकोट । रोजगारीको लागी दक्षिण कोरियामा बस्ने जाजरकोटका युवाले मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । कोरियामा रहेका शिवालय गाउँपालिका ३ का महेश थापाले दुवै मृगौला फेल भएका भेरी नगरपालिका ४ का संजिव चन्दलाई ५६ हजार रुपैया सहयोग गरेका हुन् ।

मनका निकै धनि भएका थापाले दक्षिण कोरियामै रहेका अन्य साथिहरुको सहयोगमा रुकम जम्मा गरेर उन्लाई सहयोग गरेका हुन । आफ्नो जन्मदिनको अवसरमा उनले सो रकम बैंक मार्फत पठाएका हुन् ।

गत असोज महिनाको २५ गते “छोराको जीवन रक्षाको लागि आमाले गरिन सहयोगको याचना” भन्ने समाचार (visionkhabar.com) मा पढेपछि आफुलाई सहयोग गर्ने इच्छा जागेको उनले वताए । रोजगारीको शिलशिलामा जुनसुकै देशमा रहेपनि जीवन र मृत्युसंग लडिरहेको मान्छेलाई थोरै भएपनि सहयोग गरेको उनको  भनाई छ ।

                                                                                                                                             पैंसा बुझ्दै संजिव र उनको आमा

आर्थिक आभावमा अस्पतालमा छटपटाइरहेका २२ बर्षिय चन्दको उपचारको लागि सवैले आ–आफ्नो ठाउँबाट सहयोग गरी उनको जीवन जीउने सपना साकार पारिदिन थापाले आग्रह गरे ।

थापाले भने कसैलाई पिडा भएको सहन सक्दिन, कुनैन कुनै रुपमा सहयोग गर्न मन लाग्छ, मृगौला पिडित भाइको छिट्टै सफल उपचार होस, उस्ले पनि परिवार संगै बसेर खुसि साटोस । साथै थप सहयोग कोरिया बस्ने नेपाली युवाहरुबाट जुटाउने कोशिस गरीरहेको बताउदै संजिवको स्वस्थ्यलाभको कामना समेत गरेका छन् । उनले गत बर्ष जाजरकोटको पासागाडमा बस दुर्घटनामा परेका घाइतेको उपचारका लागि पनि आर्थिक सहयोग गरेका थिए ।

दुवै मृगौला फेल भएका संजिव चन्द तिन महिना देखि मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार गराइरहेका छन् । उन्का बुवाको पनि मृगौलाकै कारण ज्यान गएको थियो । उनि घरका एकला छोरा हुन् । अहिले उनकी आमा र बहिनी छन । हाज औषधिको भरमा बाँचिरहेका चन्दको हप्तामा दूई पटक डाइलासिस भइरहेको छ ।

यो पनि पढ्नु होला

छोराको जीवन रक्षाको लागि आमाको याचना, स‌न्जिवका दुवै मृगाैला फेल


ताजा समाचार