Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

लोदेखोलामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते, गम्भिर घाइते ३ जनलाई नेपालगंज लगियो

कात्तिक १६, जाजरकोट । भेरी नगरपालिका १२ लोदेखोलामा ट्याक्टर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आज बिहान कुदु बाट फेराको लागि छुटेका भे १ त १९४९ नम्बरको ट्याक्टर दुर्घटना हुदा आठ जना घाइते भएका हुन् ।

विपरित दिशाबाट आईरहेको गाडीलाई साईड दिने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकबाट ट्याक्टर एक सय मिटर तल खेस्दा चालक सहित आठ जना घाइते भएको प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिनु भयो ।

भेरी नगरपालिका १० का ४० बर्षिय दल बहादुर बि.क, ३७ बर्षिय नानकलि बि.क र १४ बर्षिय निराजन बस्नेत गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनिहरुलाई उपचारको लागि नेपालगञ्ज पठाइएको छ ।

सामान्य घाइते भएका सोही वडाकै १० बर्षिय गणेश वि.क, १२ बर्षिय दिपा वि.क, १३ बर्षिय हस्त बहादुर राना, वडा नम्बर १३ बस्ने १६ बर्षिइ राजु बस्नेतलाई स्वास्थ्य चौकी कुदुमा उपचार भइरहेको छ ।

त्यस्तै वडा नम्बर १३ का २० बर्षिय लोकेन्द्र नेपाली,११ बर्षका हिम बहादुर नेपाली, ५५ बर्षका दौलत रोकाय र १५ बर्षका हरी सुनारलाई मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

 


ताजा समाचार