Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता, पुरानै मुल्यमा कारोवार हुने

कात्तिक १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता लिएको हो । निगमले आज देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरको थियो ।

सरकारको निर्देैशन पछि पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनु भयो । निर्णय फिर्ता सँगै यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्न सम्बन्धित पक्षलाई आग्रह गरीसकेको उहाँले जानकारी दिनु भयो ।

चुनावको मुखमै मूल्यवृद्धि गरे पछि सरकारको आलोचना हुन सुरु भएको थियो । मुल्यवृद्धिको व्यापक बिरोध हुने देखेपछि प्रधानमन्त्रिले निगमलाई फिर्ता लिन निर्देशन दिनु भएको हो ।

उहाँले तत्काल मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएलगत्तै निगमले पुरानै मूल्यमा कारोबार हुने बताएको हो । निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ भाउ बढाएको थियो ।


ताजा समाचार